logo
शुक्रबार, साउन २९ २०८३

कृषि तथा पशुपालन सम्बन्धी सम्भाव्यता अध्ययन गर्न वडा अध्यक्ष कटुवाल दुबई प्रस्थान


  • उमानाथ भण्डारी
  • बिहिबार, कार्तिक ९ २०८०

कमल । झापाको कमल गाउँ पालिकाका वडा नम्बर १ का वडा अध्यक्ष केदार कटुवाल दुबई प्रस्थान गर्नु भएको छ ।
गाउँपालिकाका आर्थिक विकास संयोजक समेत रहनु भएका कटुवाल आफ्नो निजी खर्चमा दुबई जानुभएको हो ।
कटुवाल सहितको टोली आज (विहविार) अपराह्न ३ बजे एयर इन्डियाको ए आई २१६ नम्बरको प्लेन बाट दुबई प्रस्थान गर्नुहुने छ ।
आफू गाउँपालिकाको आर्थिक विकास समितिको संयोजक भैरहँदा कृषि तथा पशुपालनका क्षेत्रमा केही नयाँ परिवर्तन ल्याएर त्यस क्षेत्रमा लागेका व्यवसायीलाई थप केही नयाँ कुरा दिन सकियोस् र कृषि तथा पशुपालनको माध्यम बाट समग्र कमल वासी जनताको विकास र सम्वृद्धी गर्नका लागी दुबईमा सञ्चालित फर्म र उद्योगको अनुभव लिन आफू निजी खर्चमा दुबई जान लागेको अध्यक्ष कटुवालले बताउनु भयो ।

                                                                 भ्रमणदलका सदस्य क्रमश कटुवाल, खनाल र सापकोटा 

दुबई रहँदा वहाँले कृषि तथा पशुपन्छी सम्बन्धी गहन अध्ययन र परामर्श लिदै त्यहाँ सञ्चालित विभिन्न कृषि फर्महरूका कार्यक्रमलाई अनुभव गरी केसरी व्यवहारमा आफ्नो गाउँपालिकामा उतार्न सकिन्छ भन्ने व्यवहारिक ज्ञान लिनका लागी समेत वहाँ अध्यायन अवलोकन भ्रमणमा जानु भएको भ्रमणदलका सदस्य तथा पूर्व नेपाल बहुउद्देश्यीय सहकारी आस्थाका अध्यक्ष प्रेम सापकोटाले बताउनु भयो ।
कोरोनाकाल पछि देखिएको आर्थिक मन्दीलाई न्यूनिकरण गर्ने एक मात्र उपाय भनेको कृषी र पशुपालन भएकोले त्यसलाई व्यवसायीक बनाउदै कमल गाउँपालिकालाई कृषि र पशुपालनको हव बनाउने विषयमा समेत भ्रमणका समयमा छलफल हुने अध्यक्ष कटुवाले बनाउनु भयो ।
कमल गाउँपालिकामा अन्य उद्योग कलकारखाना नभएको र गाउँपालिकाको मुख्य पेशा भनेकै कृषी र पशुपालन भएकोले त्यसको सम्भाव्यता अध्ययन गर्न कटुवाल १० दिनका लागी दुबई भ्रमणमा जानुभएको भ्रमणदलका अर्का सदस्य तथा रोज पेन्टका सञ्चालक छत्रपति खनालले जानकारी दिनुभयो ।

 

 

 

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend