logo
शुक्रबार, साउन २९ २०८३

कमला मदन आश्रितका पुर्व विद्यार्थी समाज द्वारा शिक्षक सम्मान तथा पुनर्मिलन


  • उमानाथ भण्डारी
  • शुक्रबार, कार्तिक ३ २०८०

कमल । झापाको कमल गाउँ पालिकाका २ स्थित कमला मदन आश्रित स्मृति माध्यमिक विद्यालयमा अध्ययनरत पूर्व विद्यार्थी समाजले आज एक कार्यक्रमका बिच शिक्षक सम्मानका तथा पुनर्मिलनका साथै शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ ।
कार्यक्रममा पूर्व विद्यार्थी समाजले विद्यालय स्थापनाका संस्थापक प्रधानाध्यापक विश्वनाथ अधिकारी पूर्व प्रधानाध्याक,पुस्ता राई, पुण्यप्रसाद न्यौपाने, देखी हालसम्मका विद्यालयका कार्यरत ३५ जना शिक्षकलाई दोसल्ला तथा सम्मान प्रत्र द्वारा सम्मान गरिएको थियो ।
विद्यालयका पूर्व विद्यार्थीहरू अहिले विभिन्न पेशा र व्यवसायमा संलग्न हुनुहुन्छ । तपाईँहरूलाई अहिले यो अवस्था सम्म ल्याउनका लागी महत्वपूर्ण भूमिका खेल्ले शिक्षकलाई सम्मान गर्न पाउदा आफूलाई अत्यन्तै गर्भ महसुस भएको विद्यालयकी पुर्व विद्यार्थी तथा हाल कमल गाउँपालिकाकी उपाध्यक्ष प्रमिला न्यौपाने तिवारीले बताउनु भयो ।
शिक्षक जस्तो सम्मानित पेशा अरु कुनै नभएको र यस्तो सम्मानित र मर्यादित पेशामा संलग्न पूर्व शिक्षकलाई तपाईँहरूले सम्मान गर्नु भएको छ । यो अत्यन्तै उदाहरणीय कार्यगर्नु भएको भन्दै कमल गाउँपालिकाका शिक्षा शाखा प्रमुख सूर्य प्रसाद न्यौपानेले बताउनु भयो ।
यस विद्यालय बाट पहिलो पटक एसएलसीमा सामेलहुने पुर्व विद्यार्थीहरूका बाट सम्मानित हुन पाउँदा आफूलाई अत्यन्तै खुशी लागेको छ सम्मानित शिक्षक मध्ये विद्यालयका पुर्व प्रधानाध्यापक पुस्ता राईले बताउनु भयो ।
आगामी दिनमा कार्यक्रमलाई अझ प्रभावकारी बनाउनका लागी पुर्व विद्यार्थी समाजले १० लाख रुपैयाँको अक्षय कोष स्थापना गर्ने लक्षलिएको र यसलाई सफल बनाउन सबैको साथ र सहयोगको अपेक्षा गर्दै कार्यक्रमलाई भव्यरूपमा सम्पन्न गराउन सहयोग पुर्याउनुहुने प्रति समाजका अध्यक्ष नरेन्द्र दङ्गालले बताउनु भयो ।
अहिले सम्ममा अक्षयकोष स्थापनाका लागी नरेन्द्र दंगाल २५ हजार ५००, सुवास ढकाल ११ हजार एसय ११, विष्णु प्रकाश निरौला ११ हजार १ सय ११,माधव खतिवडा १५ हजार,शिव प्रसाद ढकाल १० हजार ,रोहत लम्साल ११ हजार र प्रमिला न्यौपाने तिवारी बाट १० हजार रुपैया गरी जम्मा ९२ हजार ७ सय २२ रुपैया जम्मा भएको समाजले जनाएको छ ।
कार्यक्रम समाजका सचिव विष्णुप्रकाश निरौलाले सञ्चालन गर्नु भएको थियो ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend