कमल ÷ नेपाल कम्युनिष्ट पार्टी एमाले कमल गाउँपालिका ३ वडा कमिटीको कार्यलय उद्घाटन तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।
एमाले केन्द्रिय कमिटी सदस्य मेनुका काफ्ले पोख्रेलले कार्यलयको उद्घाटन गर्नु भएको थियो ।
हिजो व्यवस्थित रूपको कार्यलय नहुँदा पार्टीका कार्यक्रम सञ्चालन गर्न समस्या भएको थियो आज बाट कार्यलयको उद्घाटन भएको छ । अव यस कार्यलय बाट पार्टीका अधिवेशन, सदस्यता नवीकरण लगायत पार्टीका विभिन्न गतिविधि नियमित रुपमा सञ्चालन गर्न सहजहुने केन्द्रिय सदस्य काफ्लेले बताउनु भयो । 
पछिल्लो समय राजनीति पेचिलो बन्दै गइरहेको छ । लोकतन्त्रको नियम यस्तो होइन, जनताले दिएको मताधिकार भन्दा राजनिति बाहिर गएको छ । त्यसैले अब उसलाई चिरेर अगाडि जानुपर्छ यसका लागी पार्टीका विभिन्न गतिविधिलाई बढाउन कार्यकर्तालाई नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष दीपक कार्कीले निर्देशन दिनुभयो । 
नेपाल कम्युनिष्ट पार्टी एमाले कमल गाउँपालिका ३ वडा कमिटी अध्यक्ष रोमनाथ बुढाथोकीको अध्यक्षता सम्पन्न कार्यक्रममा पुर्व प्रदेश कमिटी सदस्य बलराम गजुरेल,जिल्ला कमिटी सदस्य चक्रबहादुर गुरुङ्ग , गाउँ कमिटी अध्यक्ष प्रेम पोख्रेल लगायत जिल्ला तथा गाउँ कमिटीका नेता तथा कार्यकर्ताको उपस्थिती रहेको थियो ।कार्यक्रम वडा कमिटी सचिव मनोज गुरुङ्गले सञ्चालन गर्नु भएको थियो ।