logo
शुक्रबार, साउन २९ २०८३

बाँसबारी माविका विद्यार्थीलाई स्काउट पोसाक वितरण


  • उमानाथ भण्डारी
  • शुक्रबार, असोज २६ २०८०

कमल ÷ झापाको कमल गाउँपालिका वडा नं १ स्थित बाँसबारी माध्यमिक विद्यालयका विद्यार्थीलाई स्काउट पोसाक वितरण गरिएको छ ।
कोशी प्रदेश स्काउट कार्यालय बाट प्राप्त पोसाक एक कार्यक्रमका बिच विद्यालयमा अध्ययनरत १६ जना छात्र र १६ जना छात्रा गरी ३२ जना विद्यार्थीलाई कमल गाउँपालिकाकी उपाध्यक्ष प्रमिला न्यौपाने तिवारी र १ नम्वर वडा अध्यक्ष केदार कटुवालले संयुक्त रुपमा विद्यार्थीलाई स्काउट पोसाक वितरण गर्नु भएको हो ।
स्काउट भन्ना साथ समाजमा अनुसाशीत, लगनशील, सामाजिक कार्यमा अग्रणी स्थानमा रहेर कमगर्ने भन्ने बुझिन्छ । यो पोसाक तेती सजिलै प्राप्त भएको होइन यसको धेरै ठुलो महत्व रहेको भन्दै विध्यार्थीको स्काउट जिवन सफल बनोस भन्ने उपाध्यक्ष न्यौपानेले शुभकामना दिनुभयो ।
आफूले विद्यार्थी जीवनमा स्काउट बाट सिकेको कुरालाई स्मरण गर्दै । समाज रूपान्तरणमा स्काउटको ठुलो भुमिका हुने भएकोले विद्यार्थी यसलाई ध्यान दिनुपर्ने वडा अध्यक्ष कटुवालले बताउन भयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बलिभद्र पोख्रेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्काउट प्रदेश कार्यालयका अधिकृत नवराज घिमिरे, स्काउटर किरण बुढाथाकी,मिलन पुरी,प्रज्वल श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।
विद्यालयका प्रधानाध्यापक केशर बहादुर श्रेष्ठले शाब्दिक शब्द द्वारा स्वगत गर्नु भएको थियो भने विध्यालकी स्काउट शिक्षक माया सिवाकोटीले कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।

 

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend