logo
शुक्रबार, साउन २९ २०८३

कमल ६ बालमैत्री वडा घोषणा (फोटो फिचर)


  • उमानाथ भण्डारी
  • शुक्रबार, असोज २६ २०८०

कमल ÷ झापाको कमल गाउँपालिका वडा नं ६ लाई बालमैत्री वडा घोषणा गरिएको छ । विहीवार वडा कार्यालयमा एक कार्यक्रमको आयोजना गरि वडालाई बालमैत्री वडा घोषणा गरिएको हो ।
खुसी राखौ बालबालिकाको मुहार, बालमैत्री कमल समृद्धिको आधार भन्ने मूल नारा लिइएको कमल गाउँपालिकाले वडा नं ६ लाई बालमैत्री वडा घोषणा गरेको छ ।
गाउँपालिकाका अध्यक्ष हुकुम सिहं राई र प्रमुख प्रशासकीय अधिकृत राजकुमार शाक्यले वडाध्यक्ष नरेन्द्र भट्टराईलाई बालमैत्री वडा घोषणाको प्रमाणपत्र हस्तान्तरण गरि वडालाई बालमैत्री वडा भएको उद्घोष गर्नु भयो ।
सङ्घीय रचनापछि साविक लखनपुर र तोपगाछी मिलेर निर्माण गरिएको कमल गाउँपालिका ६ नं वडा ९ दशमलव ६९ वर्ग कि.मि. क्षेत्रमा फैलिएको छ । यस वडामा १ हजार ८ सय ६९ घरधुरीमा ४ हजार १ सय ५० महिला र ४ हजार ३ सय ४३ पुरुष गरी जम्मा ८ हजार ४ चरसय ९३ कूल जनसङ्ख्या रहेको छ । कूल जनसङ्ख्यामा १ हजार १ सय ८० बालिका र १ हजार ३ सय २६ बालक गरी जम्मा २ हजार ५ सय ६ जना बालबालिकाहरू रहेका छन् । वडाको कूल जनसङ्ख्या मध्ये २९ दशमलव ५ प्रतिशत बालबालिकाको रहेका छन् ।

वडालाई बालमैत्री वडा घोषणागर्नका लागी सहयोग गर्नुहुने सम्पूर्ण वडा वासी संघ सस्था , विध्यालय, टोल विकास संस्थालाई कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले धन्यवाद दिनुभयो ।
वडालाई बालमैत्री वडा घोषणा गर्नका लागी अघिल्लो जनप्रतिनिधिले नै सुरु गर्नु भएको थियो । तर विभिन्न कारणले रोकिएको थियो त्यसलाई आज हामीले सफल बनाएका छौ । वडालाई बालमैत्री वडा घोषणा गर्नका लागी ताईहरूको साथ र सहयोगले मात्र सम्भव भएको कमल गाउँपालिकाकी उपाध्यक्ष प्रमिला न्यौपाने तिवारीले बताउनु भयो ।

वडालाई बालमैत्री वडा घोषणा गर्न दुई वर्ष अगाडि नै प्रतिबद्धता जनाएका थियौ । तर विषम परिस्थितिका कारण सम्मभ भएन । तर आज तपाईहरुको साथ र सहयोगका कारण आज सम्मभ भएको वडा अध्यक्ष नरेन्द्र भट्टराईले बताउनु भयो ।
वडालाई बालमैत्री स्थानीय शासन वडा घोषणा गर्नका लागी सहयोग गर्नुहुने विध्यालय, बालविकास सस्था, बाल सञ्जाल, लगायतलाई सम्मान समेत गरिएको थियो ।
अब यस वडा भित्र कोही पनि बालबालिका आफ्नो जन्मसिद्ध बालअधिकारबाट बञ्चित हुनुपर्ने र सबै बालबालिकालाई सत प्रतिशत बालमैत्री वातावरणमा हुर्कने अवसर प्रदान गरिने वडाध्यक्ष भट्टराईले बताउनु भयो ।
आज सम्पन्न भएको कार्यक्रमको सञ्चालनको जिम्मा वडा बाल सञ्जाललाई दिइएको थियो । सञ्जालले सञ्चालन गरेको कार्यक्रममा वडा भित्र रहेका विभिन्न विद्यालयका प्रधानाध्यापक , विद्यार्थीहरू, अभिभावक , विभिन्न राजनैतिक दलका प्रतिनिधि एंव सरोकारवालाहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

 

 

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend