logo
शुक्रबार, साउन २९ २०८३

कारितास नेपालको सहयोग र ट्राफिक प्रहरी पोष्ट केर्खाको सहकार्यमा राजमार्गमा होडिङ्ग बोर्ड स्थापना


  • उमानाथ भण्डारी
  • शुक्रबार, असोज १२ २०८०

कमल ÷ दैनिक रुपमा सडक दुर्घटना बढी रहेकोले त्यसलाई न्यूनिकरण गर्नका लागी ट्राफिक नियम सम्बन्धी सचेतना मूलक होडिङ्ग बोर्ड राखिएको छ ।
कारितास नेपालको सहयोगमा र ट्राफिक प्रहरी पोष्ट केर्खा को सहकार्य र समन्वयमा मुख्य राजमार्ग अन्तर्गत कमल गाउँपालिकाको क्षेत्रभित्र होडिङ्ग बोर्ड राखिएको हो ।
कारितास नेपालले युवा सचेतना मूलक परियोजना अन्तर्गत मुख्य राजमार्गमा ट्राफिक नियम सम्बन्धी सचेतना मूलक होडिङ्ग बोर्ड राखेको कारितास नेपालका कर्मचारी प्रदिप कुमार भण्डारीले जानकारी दिनुभयो ।
राजमार्गमा दैनिक रुपमा हुने सवारी दुर्घटनालाई न्यूनिकरण गर्न जिल्ला ट्राफिक प्रहरी लागि परेको छ । यसका लागी सचेतना मूलक कार्यक्रम गर्दै छौं । यसका साथै सडकमा भएका खाल्डा खुल्डि पुर्नका लागी सडक विभाग र स्थानीय तह संग समन्वय गर्दै छौ ।

सवारी दुर्घटना न्यूनिकरणमा होडिङ्ग बोर्डको ठुलो महत्व हुन्छ । सवारी चालकले होडिङ्ग बोर्डमा भएका नियमलाई पालना गर्ने हो भने दुर्घटना न्यूनिकरणमा ठुलो सहयोग पुग्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक नवराज न्यौपानेले बताउनुभयो ।
मुख्यराज मार्ग अन्तर्गत कमल गाउँपालिकाको क्षेत्रभित्र बढी दुर्घटना हुने क्षेत्रमा विभिन्न संघ संस्थाको सहयोगमा दुर्घटना न्यूनिकरण गर्न होडिङ्ग बोर्ड राखेका छौ भने विभिन्न विद्यालयमा ट्राफिक नियम सम्बन्धी सचेतना मूलक कार्यक्रम सञ्चालन गरिरहेको ट्राफिक प्रहरी पोष्ट केर्खा का इन्चार्ज प्रहरी सहायक निरीक्षक अनिष खड्काले जानकारी दिनुभयो ।
पछिल्लो समय मुख्य राजमार्गमा साथै सहायक सडकमा समेत दुर्घटना बढी रहेको छ । यसका लागी सहायक सडकमा समेत होडिङ्ग बोर्डको का साथै सवारी चालक तथा विद्यालयमा ट्राफिक नियम सम्बन्धी सचेतना मूलक कार्यक्रम सञ्चालन भैरहेको ट्राफिक प्रहरी पोष्ट केर्खाका ट्राफिक प्रहरी भोजराज चौलागाईँ बताउनुहुन्छ ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend