कमल ÷विद्युतीय तारका कारण मुख्य राजमार्ग बाहेकका भित्री सडकमा यातायात सञ्चालनमा समस्याका साथै घरायसी सामान समेत क्षती हुने गरेको छ ।
विद्युत प्राधिकरण द्वारा सडकको एकतर्फी मात्र विद्युत विस्तार गरेको र त्यसबाट उपभोक्ताले आफ्नो घरमा आवश्यक पर्ने विद्युत प्रयोगका लागी तार लैजाँदा यातायात सञ्चालनमा ठुलो समस्या आएको छ भने बारम्वार तार हल्लाउदा घरमा भएका विद्युतीय सामानमा समेत क्षती हुने गरेको छ ।
विद्युत प्राधिकरणले सडकको एक तर्फ बाट मात्र विद्युत विस्तार गरेको र ठाउँठाउँमा सडक घुमाउरो भएको तर विद्युतको तार सिधा लैजाँदा सडक क्रस गराएका कारण दुर्घटना हुने ठुलो सम्भावना छ भने सोहि तारबाट उपभोक्ताले आफ्ना घरमा तार लैजाँदा समेत यातायात सञ्चालनमा ठुलो समस्या आएको हो । सुरुमा ६ फुटे पोल बाट विद्युत विस्तार गरिएको थियो अहिले सडक पुरिदै गएको र सडकको उचाइ बढ्दै जाँदा पनि यस्तो समस्या आएको हो ।
अहिले निकै जोखिम मोलेर यातायात सञ्चालन गर्नु पर्ने हुन्छ । कुन बेला विजुलीको तारमा गाडीले छुने हो थाहा हुदैन । करण बस सानो गल्तिले तारमा छोएमा ज्यानै जाने सम्भावना भएको यातायातका चालक बताउँछन् ।
त्यसमा उद्योगका लागी आवश्यक सम्पूर्ण कच्चा पदार्थ विदेश बाट ठुल्ठुला ट्याङ्करमा आयत गर्नु पर्दा त झनै ठुलो समस्या आउने गरेको उनीहरूको भनाई छ ।
झापाको कमल गाउँपालिका का हरेक वडाका सडका यस्तो समस्या छ । वडा नम्वर २ मा ३ वर्ष अगाडि स्थापना भएको हाइजेनिक प्याक नेपाल प्रा.लि. ले त यस्तो समस्या वर्षै देखी भोग्दै आएको उद्योग सञ्चालक बताउँछन् ।
झापाको कमल गाउँपालिका २ मा ३ वर्ष अगाडि स्थापना भएको हाइजेनिक प्याक नेपाल प्रा.लि. ले वर्षैा देखी यस्तो समस्या भोग्दै आएको छ । उद्योगलाई आवश्यक पर्ने कच्चा पदार्थ ठुल्ठुला ट्याङ्कर बाट ढुवानी गर्नु पर्ने हुन्छ तर सडक किनारामा भएको होचा पोलमा विद्युत विस्तार गरिएको छ । त्यस पोल बाट उपभोक्ताले आफ्नो घरमा विद्युत लैजाँदा सडक कटाए लानुपर्ने हुन्छ जसका कारण गाडी पास गराउँदा ठुला समस्या आउने गरेको छ ।
गाडी आएको बेला तार उठाउनका लागी भनेर छुट्टै मजदुरको व्यवस्था मिलाउनु परेको छ । जसका कारण उद्योगलाई थप आर्थिक भार बढेको छ । हामी उद्योगीले राज्यलाई ठुलो कर तिरेका छौं तर राज्यको तर्फ बाट हाम्रो सानु गुनासो समेत सुनवाई हुदैन । स्थानीय निकाय र विद्युत प्राधिकरण दमकलाई पटक पटक समस्या बारे जानकारी गराउँदा समेत आफ्नो गुनासो सुनवाई नभएको हाइजेनिक प्याक नेपाल प्रा.लि.मा मेनेजिङ डाइरेक्टर राजेन्द्र ढकाल बताउनुहुन्छ ।
सडकको एकै तर्फ बाट मात्र विद्युत विस्तार गर्दा सवारी आवागमनमा समस्या त छँदैछ तर स्थानीय बासीको घरमा समेत धेरै ठुलो समस्या आएको स्थानीय बासी बताउँछन् । जतिबेला यस ठाउमा विद्युत विस्तार भयो त्यतिबेला ६ फुटको पोल प्रयोग गरिएको थियो अहिले सडक पनि पुरिदै गयो भने घरपछि ठुल्ठुला निर्माण भए तर पोल त्यही ५ फुटको छ । एकतर्फ सडकको उपचाई बढ्दै छ भने सो सडकमा ठूला गाडी समेत आवत जावत गर्नु पर्ने बाध्यता छ । गाडी पास गराउँदा विद्युतको तर उचाल्नुपर्ने हुन्छ जसका कारण लाइन सर्ट भएर उपभोक्ताका घरमा भएको टिभी ,फ्रिज लगायतका विध्युतिय सामाग्री समेत खराब हुने गरेको स्थानीय लेखनाथ खतिवडा बताउनुहुन्छ ।
सडकमा एकतर्फी मात्र विद्युत विस्तार गरिएकाले उपभोक्ता र यातायात सञ्चालनमा ठुलो समस्यालाई न्यूनिकरण गर्नका लागी विद्युत प्राधिकरणले काम गरिरहेको छ ।

गाडी संगसंगै विजुलीको तार उठाउदै
सबै भन्दा प्रमुख कुरा त सडकको क्षेत्राधिकार टुङ्गो नलागेका कारण हामिले दवै तर्फ विद्युत विस्तार गर्न सकेका छैनौं । सडकको क्षेत्राधिकार टुङ्गो लागेका ठाउँ दुबै तफै लाईन विस्तार गरि सकेका छौ भने
बाँकी रहेको ठाउमा समेत नियमित विद्युत विस्तार गर्दै जाने नेपाल विद्युत प्राधिकरण दमकमा इन्जिनियर खगेन्द्र भण्डारी बताउनु भयो ।
सरकारले विदेशी लगानी कर्तालाई निरुत्साही गर्दै स्वदेशी लगानी कर्तालाई प्रोत्साहन गर्ने र उद्योग सञ्चालनमा सहजताको बावतावण सृजना गर्नुपर्ने सरकारको नीति काजमा मात्र सीमित भएको छ ।
वार्षिक करोडौं रुपैयाँ सरकारलाई राजश्व तिर्ने र सयौँलाई रोजगारी दिने यस्ता स्थानीय उद्योग सञ्चालनमा सरकारले सहज वातावरण बनाउनु पर्नेमा उद्योगीका तर्फ बाट पटक पटक राखेका गुनासा वर्षौ सम्म सुनवाई भएका छैनन् जसका कारण उद्योगीलाई वर्षेनी लाखौं रुपैयाँ घाटा भै रहेको छ भने अर्को तर्फ विद्युतको तार हल्लिएर भोल्टेज तलमाथी भएका कारण स्थानियका घरमा भएको लाखौं मूल्य बराबरका विद्युतीय सामान समेत खराब भै रहेका छन् । यस तर्फ सम्बन्धित निकायले छिटो भन्दा छिटो हल गर्न तर्फ लाग्नु पर्ने हुन्छ ।