logo
शुक्रबार, साउन २९ २०८३

दमकको कदममा जयमाया आउँदै


  • कुइनेटो न्युज
  • शनिबार, असोज ६ २०८०

कमल । दमक ९ स्थीत कदम थिएटरको पाङ्वाईला हिममा नाटक ‘जयमाया आफू मात्रै लिखापानी आइपुगी’ मञ्चन हुने भएको छ ।
दोस्रो विश्वयुद्धताका बर्मामा जापानी सेनाको आक्रमणपछि ज्यान जोगाउन लिखापानी भाग्ने क्रमको नेपाली मुलकाहरुको जीवन भोगाइलाई साहित्यकार इन्द्रबहादुर राईले कथा लेख्नु भएको हो ।
सोहि कथालाई नाटकीकरण गरेर रंगकर्मी जीवन बरालको निर्देशनमा कदम थिएटरका पहिलो ब्याचका कलाकारहरुले अभिनय गर्दैछन् । नाटक यहि असोज १२ गते देखि हरेक साँझ ५ः१५ बजे कदम थिएटरमा मञ्चनहुनेछ ।
कदम थिएटरले गएको जेठ २४ गते देखि रंगमञ्चको आधारभुत कार्यशाला सञ्चालन गरेको थियो । सोहि कार्यशालाको अन्त्यमा नाटक “जयमाया आफू मात्र लिखापानी आईपुगी” को मञ्चन गर्नका लागि पूर्वअभ्यास भईरहको कदम थिएटरका महासचिव कमन देवानले जानकारी दिनुभयो ।
देवान भन्नुहुनछ , यो नाटक हाम्रै परिवेशको नियती, वाध्यता र दुःखका कथा हो । हामीले भोगेका, भोग्न परेका शरणार्थी व्याथाभित्र कतै न कतै जयमायाहरु बाँचिरहेकै छन्, होलान् । पूर्वी नेपालका बेलडाँगी, पथरी शनिश्चरे अझै यी व्याथाका साँक्षी भएको वहाँले बताउनु भयो ।
यस नाटकमा अनिल दुलाल, आयुुश खतिवडा, पारुमा राई, पुनम भुजेल, पुष्प राई,भरत मगर, नविन भण्डारी, नविन रिजाल, रश्मी उप्रेती, रोशन मुर्मु, विवेक राउत र संचिता लामाले अभिनय गर्नु भएको छ ।
नाट्य आलेख रंगकर्मी सिजन दाहालले तयार पार्नु भएको छ । कदम थिएटरका कलाकार मनिक शंकरले मञ्च परिकल्पना गर्नुभएको छ ।
कार्यशालाका सहभागीलाई कलाकार बनाएर नाटक मञ्चन गर्न सम्म आईपुग्दा मौषम राना राई, सुवास खरेल, चोमु शेर्पा खुशी “पाण्डेय”, सुमन कुईकेल, कृष्ण काश्यप, राजेन्द्र अधिकारी, राजा श्रेष्ठ, दिपक खरेल, मनिक शंकर लगायतले कार्यशालाको सहजिकरण गर्नु भएको थियो ।
कार्यशालाका मुख्य सहजकर्ता रंगकर्मी जीवन बरालका अनुसार यस कथालाई नाटकको रुपमा रुपान्तरण गरिरहँदा अहिलेको समयमा हाम्रो समाजले भोग्दै गरेको नियतीलाई छुने गरि तयार पारिएको छ । निर्देशक बरालले २० वर्ष भन्दा धेरै नेपाली रंगमञ्चमा काम गर्दै आउनुभएको छ ।
घामड शेरे, प्रेम गीत ३, महानगर, निरफूल, लगायतका एक दर्जन बढी नेपाली सिनेमामा अभिनय गरिसक्नु भएको छ । भने आधा दर्जन भन्दा बढी नाटकको निर्देशन समेत गर्नु भएको छ ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend