कमल । नेपाल शिक्षक महासङ्घले सदनमा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकप्रति आपत्ति जनाउँदै देशभरका सामुदायिक विद्यालयका शिक्षकहरूको काठमाडौँ केन्द्रित आन्दोलन अझ उत्कर्षमा पुगेको छ ।
नेपाल शिक्षक महासङ्घलले देशभरका सामुदायिक विद्यालयका शिक्षकलाई काठमाडौं केन्द्रित आन्दोलनमा सहभागी हुन अनुरोध गरे संगै मंगलबार देखी सुरु भएको आन्दोलन अझ उत्कर्षमा पुगेको नेपाल शिक्षक महासंघ कमल गाउँपालिकाका झापाका अध्यक्ष हिम प्रसाद दाहालले जानकारी दिनुभयो ।
काठमाडौँ केन्द्रित आन्दोलनमा जाने शिक्षकहरू वाहेक अन्य शिक्षकहरूले अनिवार्य पालिकामा उपस्थित भई आन्दोलनमा ऐक्यबद्धता जनाउदै पालिकामा नै हाजिर गर्ने महासङ्घको निर्णय अनुसार आज देशभरका सामुदायिक विद्यालयले पालिकामा उपस्थित भएर हाजिर गरेको महासङ्घले जनाएको छ ।

कमल गाउँपालिकामा उपस्थित शिक्षक ,शिक्षिका र कर्मचारी
यसैक्रममा आज झापाको कमल गाउँपालिकामा रहेका सबै सामुदायिक विद्यालयका शिक्षक पालिकामा उपस्थित भएर आन्दोलनमा ऐक्यबद्धता जनाउदै पालिकामा नै हाजिर गरेको नेपाल शिक्षक संगठन कलल गाउँपालिकाका सचिव श्रीप्रसाद दाहालले जानकारी दिनुभयो ।
नेपाल शिक्षक महासङ्घले नेपाल सरकार सँग गरेको सम्झौता विपरित शिक्षा ऐन संसद्मा पेश गरेको छ । अहिले पेश भएको शिक्षा ऐन शिक्षक, विद्यार्थी अभिभावक लगायत समग्र शैक्षिक गुणस्तरलाई नै असर गर्ने गरी संसद् पेश भएकोले त्यसको विरोध गर्दै सामुदायिक विद्यालयका शिक्षक सडक आन्दोलनमा सहभागी भएका छन् ।
त्यसैगरी विधेयकले लामो समय सेवा गरेका शिक्षकलाई पहिलेदेखि नै दिँदै आएको औषधिउपचार खर्चको थप रकम कटौती गनुृका साथै विगतमा २० वर्ष, २५ वर्ष र ३० वर्ष भन्दा बढी स्थायी सेवा गरेका शिक्षकलाई नियमानुसार पाउने औषधिउपचार खर्चमा क्रमशः १० प्रतिशत, १५ प्रतिशत र २० प्रतिशत थप गरी दिने व्यवस्था थियो त्यो सुविधा समेत अहिले सदनमा पेश भएको विधेयकले कतौटी गरेको महासङ्घले जनाएको छ ।