कमल । झापाको कमल गाउँपालिका ३ केर्खामा निर्माण गरिएको वाबुक को बुधवार एक कार्यक्रम बिच उद्घाटन गरिएको छ ।
किराँत राइ यायोख्खाको केन्द्रिय अध्यक्ष जीवन हाताचो राईले वाबुक (चिन्डो) को उद्घाटन गर्नु भएको हो ।
किरात राई जातिको सांस्कृतिक प्रतीकको रुपमा रहेको वाबुक विभिन्न संस्का
र संस्कृति मनाउँदा आवश्यक पर्छ । किराँत राईहरूको छुट्टै संस्कृति छ त्यसलाई जगेर्ना गर्नका लागी पनि यसले ठुलो महत्व राख्छ । राज्यले पनि यस्ता विभिन्न जातजातिका सांस्कृतिक प्रतीकका रुपमा रहेका सामानको संरक्षण गर्नु पर्ने हुन्छ । वाबुक कसैले निर्माण नगरेर यो बिउ रोपेर उत्पादन हुने भएकोले यो प्रकृति प्रेमी छ ।
किराँत जातीहरूको विभिन्न बहुसांस्कृतिक जातीहरूको वाबुकको ठुलो महत्व राख्ने यस्तो महत्वपूर्ण प्रतीकको उद्घाटन गर्न पाउदा आफूलाई अत्यन्तै खुसीलागेको अध्यक्ष राईले बताउनु भयो ।
हिजोको केर्खा बजारको परिचयलाई परिवर्तन गर्दै समावेशी बनाउँदै अगाडी बढाउनका लागी वाबुकको निर्माण गरिएको हो । नेपाल राष्ट्रको पहिचान भनेकै बहुल जातजाति भाषाभाषी हो । केर्खामा पनि सबै जातजाति भाषाभाषीे रहने भएकोले पनि वाबुक थप बजारलाई समावेशी बनाउने नेपाल जनजाति महासंघ कमल गाउँपालिकाका अध्यक्ष बदीराम राईले बताउनु भयो ।
वाबुक निर्माण समितिका अध्यक्ष प्रविण कुमार राईको अध्यक्षतामा भएको कार्यक्रममा किराँत राइ यायोक्खा प्रदेश १ का अध्यक्ष पारसमणि राई, केर्खा बजार व्यवस्थापन समितिका अध्यक्ष देवी प्रसाद दाहाल, किराँत राइ यायोक्खा झापा जिल्ला अध्यक्ष मिलन रुन्दाली राई,किरात याक्थुङ चुम्लुङका सूर्य प्रसाद एक्पाङ्गदेन लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
जितेन साङ्गपाङ्ग राईले सञ्चालन गरेका कार्यक्रममा उपस्थित अथिती लाई सेलिना राईले शाब्दिक शब्द द्वारा स्वगत गर्नु भएको थियो ।
वाबुक निर्माण समिति
अध्यक्ष प्रविण राई सचिव बुद्धिमान राई , कोषाध्यक्ष सेलिना राई सदस्य मुलुकसिह राई, नवराज राई ज्ञानसिंह राई र प्रकाश राई रहनु भएको छ । वाबुक निर्माणमा तीन लाख रुपैयाँ भन्दा बढी खर्च भएको कोषाध्यक्ष सेलिना राईले जानकारी दिनुभयो ।