कमल÷ समावेशी महिला सशक्तिकरणको केन्द्रको आयोजनामा आज तिज विशेष कार्यक्रम सम्पन्न भएको छ ।
कमल गाउँपालिका ३ केर्खा बजारमा सम्पन्न तिज विशेष कार्यक्रममाको कोशी प्रदेश सांसद कमला थापा मगरले पानसमा बत्ती बालेर उद्घाटन गर्नु भएको थियो । 
कमल गाउँपालिकाका उपाध्यक्ष प्रमिला न्यौपाने तिवारीले आजको दिन दिदी बहिनी भेला भएर नाचगान गरेर रमाइलो गर्नुका साथै र आफ्ना सुख दुःख साटासाट गर्ने दिन रहेको बताउनु भयो । त्यस्तै आजको दिन व्रत बस्नाले श्रीमान र श्रीमती बिचको सम्बन्ध अझ प्रगाढ बनाउने छ जसका कारण भोलिका दिन अझ सुमधुर सम्बन्धका साथ जिवन जिउने वातावरण श्रृजना हुने उपाध्यक्ष न्यौपानेले बताउनु भयो ।
कार्यक्रममा सशक्तिकरण केन्द्रकी मानार्थ सदस्य मेनुका काफ्ले नवोदय बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष शरण कुमार पराजुली, नेपाल राष्ट्रिय शिक्षक सघठन कमलका अध्यक्ष मधुसुदन अधिकारी, कमल नगर जेसिज वर्ष २३ का अध्यक्ष रिजु कार्की उद्यमशील महिला सशक्तीकरण केन्द्रकी अध्यक्ष शान्ता उप्रेती दाहाल लगायत विभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधि हरूको उपस्थिति रहेको थियो ।

केन्द्रकी अध्यक्ष पुर्ण कुमारी देवानको अध्यक्षतामा सम्पन्न कार्यक्रमका उपस्थित अतिथि तथा सहभागीलाई संस्थाकी आजीवन सदस्य ममता गुरुङले स्वागत गान बाट स्वगत गर्नु भएको थियो भने संस्थाकी सचिव नविना निरौला ढकाल र विवश बलिभद्र कोइरालाले सञ्चालन गर्नु भएको थियो ।