logo
शुक्रबार, साउन २९ २०८३

भव्य कार्यक्रमका बिच एसक्यूसीको आठौं हव सम्मेलन झापामा सम्पन्न


  • उमानाथ भण्डारी
  • आइतबार, भाद्र ३१ २०८०

कमल÷ विद्यार्थीको गुणीय चक्र ( एस.क्यू.सी.)को आठौं हव सम्मेलन झापाको कमल गाउँ पालिकामा सम्पन्न भएको छ ।
कार्यक्रम कमल गाउँपालिका वडा नम्बर ५ स्थित स्मारिका सामुदायिक बोर्डिङ स्कुलमा सम्पन्न भएको कार्यक्रमको उद्घाटन प्रमुख अथिति कोएस्ट नेपालका अध्यक्ष सुरिना गुरुङले गर्नुभएको थियो ।
सम्मेलनमा झापा र मोरङ्गका १६ वटा विद्यालयका दुईसय जना भन्दा बढी विद्यार्थी र ५० भन्दा बढी शिक्षकको सहभागी रहेको आयोजकले जनाएको छ ।
सम्मेलनमा बिभिन्न प्रतियोगितात्मक, अप्रतियोगितात्मक र कार्यशालाहरु सम्पन्न भएका छन । सम्मेलनमा कोलाब्रेटिभ कोलाज, हाजिरी जवाफ, ट्रेजर हन्ट, कथा लेखन लगायतका प्रतियोगिता सम्पन्न भएका थिए ।
त्यस्तै मेडिटेसन, पब्लिक स्पिकिङ्ग र बिज्ञान प्रर्दशनि , लक्ष निर्धारण तथा व्यक्तित्व बिकास, केसस्टडि, प्रिजेन्टेसन, प्यानल डिस्कसन लगायतका कार्यक्रम भएको आयोजकले जनाएको छ ।
कार्यक्रमको समापनका अवसरमा बिभिन्न प्रतियोगिताका बिजेता बिद्यार्थी र बिद्यालयलाई पुरस्कार, सहभागिहरुलाई मायाको चिनो र बिभिन्न बिधाका सहभागि विध्यार्थी र प्रशिक्षकहरुलाई मायाको चिनो प्रदान गरिएको सम्मेलन आयोजक समितिका को कन्वेनर सन्जिब पाठकले जानकारी दिनुभयो ।
झापा हवका संयोजक गुणराज गिरीको अध्यक्षता भएको कार्यक्रममा उपस्थित अतिथीलाई हबका कोषाध्यक्ष ओम बिक्रम नेम्बाङले स्वागत गर्नु भएको थियो भने कार्यक्रम होस्ट विध्यालयका शिक्षक कृसला खड्का र सुजन बिस्टले संचालन गर्नुभएको थियो ।
कार्यक्रममा बिशिष्ट अतिथि कमल गाउँपालिकाका उपाध्यक्ष प्रमिला न्यौपाने तिवारी , एनप्याब्सन केन्द्रिय उपाध्यक्ष जय बहादुर श्रेष्ठ कमल गाउँपालिका शिक्षा शाखा प्रमुख सुर्य प्रसाद न्यौपान,एनप्याब्सन केन्द्रिय सदस्य सन्जिब राई लगायतले कार्यक्रम सफलताको शुभकामना मन्तब्य राख्नुभएको थियो ।

 

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend