कमल ÷ पछिल्लो समय स्थानीयले नागरिकलाई सहज रुपमा सेवा प्रवाह गर्न विभिन्न उपाय अवलम्बन गर्दै आई रहेका छन् ।
स्थानीय तहले कार्यलयमा सेवालीन आउने सेवाग्राहीले बिनाकुनै झन्झट सेवा प्रवाह गरिरहेका बेला झापाको कमल गाउँपालिका वडा नम्बर ४ ले कार्यालयमै नागरिक सहायता कक्षा स्थापना गरेर सेवाग्राहीलाई निःशुल्क सेवा प्रवाह सुरु गरेको छ ।
कार्यालयमै नागरिक सहायता कक्षा स्थापना गरेर नागरिकलाई वडा कार्यलयको बाट सेवा लिनका लागी आवश्यक पर्ने सम्पूर्ण कागजपत्र को निःशुल्क रुपमा फोटोकपी गर्नुका साथै सेवाशुल्क समेत निःशुल्क प्रदान गरेको वडा अध्यक्ष चन्द्र प्रसाद भट्टराईले बताउनु भयो ।
कार्यले बाहिर रहेका लेखन दासले सेवालीन आउने सेवाग्राहीसँग एक सय देखी पाँच सय रुपैयाँ सम्म शुल्क लिने गरेको गुनासो कार्यलयमा आउनथाले पछि नागरिकको गुनासोलाई सम्बोधन गर्दै चालु आर्थिक वर्ष बाट नागरिक सहायता कक्षा स्थापना गरी निःशुल्क सेवा सुरु गरिएको वडा सचिव पर्शुराम तिम्सिनाले बताउनु भयो ।
नागरिकलाई निःशुल्क सेवा प्रवाहगर्नका लागी प्रधानमन्त्री स्वरोजगार कार्यक्रमको निर्देशिका अनुसार दैनिक रुपमा पाउने सेवा सुविधा प्रदान गर्ने गरी कार्यलयले नै एकजना कर्मचारीको व्यवस्थापन गरेको समेत वडा सचिव तिम्सिनाले बताउनु भयो ।
विकाससाथै कार्यलयमा आएर नवीकरण गर्न नसक्ने जेष्ठ नागरिकहरू, अपाङ्गता र अशक्त नागरिकको सामाजिक सुरक्षा भक्ता कार्ड समेत घरघरमा पुगेर नवीकरण गरेको कार्यलयले जनाएको छ ।