अष्ट्रेलिया । एन आर एन एको ओसेनिया क्षेत्रीय संयोजकमा दिनेशकुमार पोखरेललको उम्मेद्वारी दिनुभएको छ ।
हाल अष्ट्रेलिया बस्दै आएका व्यवसायी तथा सामाजिक व्यक्तित्व दिनेशकुमार पोखरेलले गैर आवासीय नेपाली संघ (एन आर एन ए) को ओसेनिया क्षेत्रीय संयोजक पदको लागि उम्मेदवारी घोषणा गर्नु भएको छ ।
वहाँ झापाको कनकाई नगरपालिका १ दुर्गापुरका स्थायी वासिन्दा हुनुहुन्छ । एन आर एन ए अन्तर्राष्ट्रिय कार्य समिति अन्तर्गत अष्ट्रेलिया , न्यूजिलेण्ड, पपूवा न्यू गिनीसमेत देशहरूलाई समेटेर एन आर एन एमा ओसेनिया क्षेत्रको ओसेनिया क्षेत्रीय संयोजकको पद रहेको छ । विगतमा विभिन्न जिम्वमेवारीमा काम गरेको अनुभवका आधारमा पोखरेलले उक्त पदमा आफ्नो उम्मेद्वारी घोषणा गर्नु भएको हो ।
पोखरेलले गैर आवासीय नेपाली संघ (एन आर एन ए) अष्ट्रेलियाको प्रवक्ता सन् २०१३ देखी २०१५ सम्म एन आर एन ए अष्ट्रेलिया उपाध्यक्ष र न्यू साउथ वेल्स राज्य संयोजक २०१५ देखी २०१७ सम्म नेपाल फेस्टिभल सिड्नी संयोजक२०१५ देखी २०१७ सम्म एन आर एन ए सोसियल वेलफेयर फण्ड संयोजक २०१७ देखी २०१९ सम्म एन आर एन ए अष्ट्रेलिया सल्लाहकार २०१९ देखी २०२१ सम्म को ज़िम्मेवारी सकुशलता पुर्वक पूरा गरिसक्नु भएको छ ।
‘अब आऊने कार्यकाल २०२३ देखी २०२५ सम्म को लागि एन आर एन ए अन्तर्राष्ट्रिय कार्य समिति अन्तर्गत अष्ट्रेलिया , न्यूजिलेण्ड, पपूवा न्यू गिनीसमेत देशहरू रहेको ओसेनिया क्षेत्रको ओसेनिया क्षेत्रीय संयोजक पदको लागी उम्मेदवारी घोषणा गर्दैछु’ –पोखरेलले भन्नु भएको छ –‘सबैको माया सदा झैं रहनेमा आशावादी छु। अमूल्य सुझाव र दरिलो साथको अपेक्षा गरेको छु । नाइ नभन्नु ल ।’ वहाँ अन्तर्राष्ट्रिय झापाली समाजका संस्थापक अध्यक्ष तथा हाल संरक्षक समेत हुनुहुन्छ । नेपालमा एन आर एन एमार्फत नेपालमा लगानी भित्र्याउन तथा विभिन्न सामाजिक अभियानमा पोखरेलले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आउनु भएको छ ।