कमल । प्रथम याक्थुङ स्टार सिजन वानको उपाधि दक्षिण सिक्किमकी अन्जना लिम्बूले प्राप्त गर्नु भएको छ ।
आइतबार झापाको बिर्तामोड स्थित सिटी सेन्टरको शाही पाटी प्यालेसमा सम्पन्न फाइनलमा आफ्ना ५ जना प्रतिस्पर्धीलाई पछि पार्दै अन्जनाले १० लाख रुपैयाँ नगद सहित ट्रफी, गिफ्ट हेम्पर र गाना रेकडिङ्गको अवसर प्राप्त गर्नु भएको छ ।
अमरकृती म्युजिक प्रा.लि. ताप्लेजुङको आयोजनामा सम्पन्न भएको ‘याक्थुङ स्टार’ सिजन वानको द्वतिय पाँचथरका बीबी लिम्बू हुनुभएको छ । वहाँले नगद २ लाख रुपैया सहित ट्रफी, गिफ्ट हेम्फर र गाना रेकडिङ्गको अवसर प्राप्त गर्नु भएको छ भने तृतिय पश्चिम सिक्किमका आइतहाङ लिम्बू हुनुभएको छ । वहाँले १ लाख रुपैयाँ नगद सहित ट्रफी, गिफ्ट हेम्पर र गाना रेकडिङ्गको अवसर प्राप्त गरेको आयोजकले जनाएको छ ।
याक्थुङ स्टार सिजन वानको फाइनलमा पाँचथरका उदय बेघा, दिलिप मुखिया र आसामका तारवीर लिम्बुले सान्त्वना वापत ट्रफी, गिफ्ट हेम्फर र गाना रेकडिङ्गको अवसर प्राप्त गरेको अमरकृती म्युजिक प्रा.लि.का अध्यक्ष तथा याक्थुङ स्टारका कार्यक्रम संयोजक ब्रोसीस मावोहाङ्ग याक्थुमले बताउनु भयो ।
अग्रजलाई अभिनन्दन

त्यस्तै कार्यक्रममा लेखक, साहित्यकार, संगितकार र गितारलाई ईङभिरी याङथाङवा तमोर सभ्यता नामक एवार्ड द्वारा अभिनन्दन गरिएको थियो ।
यसरी सम्मानित हुनेमा सन्ध्या सुब्बा ,शरण सावाँ, सुकवीर लिम्बु , र सञ्चमान ताम्लिङ लाई अभिनन्दन पत्रका साथै खादा ओडाएर सम्मान गरिएको अमरकृती म्युजिक प्रा.लि. सुमन कुरुङ्गवाले जानकारी दिनुभयो ।