कमल । कमल गाउँपालिकामा एकदिने रोजगार संवाद तथा वृत्ति परामर्श सम्बन्धी अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ ।
कमल गाउँपालिका रोजगार सेवा केन्द्रको आयोजनामा सम्पन्न कार्यक्रममा गाउँपालिका भित्र रहेका उद्योगी, व्यवसायी, बजार समितिका प्रतिनिधिका बिच कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा गाउँपालिका भित्र सञ्चालन भएका उद्योग सञ्चालनमा आईपरेका समस्या र समाधान, उद्योग बाट उत्पादित बस्तुको बजारीकरण , स्थानीय उद्योगमा आवश्यक जनशक्ति व्यवस्थापन सीपमुलक तालिम सञ्चालन र त्यसको प्रभावकारिता लगायतका विषयमा छलफल तथा अन्तरकृया भएको थियो ।
कार्यक्रममा कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले गाउँपालिका भित्र रहेका सबै उद्योगी तथा व्यवसायीलाई करको दायरामा ल्याइने बताउँदै स्थानीय उद्योग बाट उत्पादित सामाग्रीलाई बजारीकरण गर्ने स्थानीय युवालाई रोजगार सृजना गर्ने , गाउँपालिका बाट सञ्चालित सीपमूलक तालिम आवश्यकताको आधारमा सञ्चालन गर्ने र स्थानीय उत्पादनलाई बजारीकरणमा आवश्यक सहयोग गर्ने अध्यक्ष राईले बताउनु भयो ।
कार्यक्रममा कमल उद्योग वाणिज्य संघका अध्यक्ष विरेन्द्र अधिकारी, केर्खा बजार व्यवस्थापन समितिका अध्यक्ष देवेन्द्र दाहाल, उद्यमशील महिला जागरण केन्द्रकी अध्यक्ष शान्ता उप्रेती दाहाल, ढाका व्यवसायी झुमा संग्रौला बाह्रघरे बजार व्यवस्थापन समितिका अध्यक्ष विदुर गिरी लगायतले उद्योग सञ्चालन र बजारी करणमा देखिएका समस्या र त्यसको समाधानका बारेमा सुझाव सहित आफ्नो भनाई राख्नु भएको थियो । कार्यक्रमको सहजीकरण रोजगार संयोजक भरत तिवारीले गर्नु भएको थियो ।