कमल । बालमैत्री स्थानीय शासनयुक्त कमल घोषणाका लागि सरोकारवालाको सञ्जाल निर्माण तथा प्रतिवद्धता सम्बन्धी छलफल तथा अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ ।
झापाको कमल गाउँपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त गाउँपालिका घोषणा गर्नका लागि स्थानीय रणनिति दलका प्रतिनिधि र संघ सस्था, विध्यालय, बालक्लब लगायत सरोकारवाला सँग शुक्रवार छुट्टाछुट्टै सञ्जाल निर्माण तथा प्रतिवद्धता सम्बन्धी कार्यक्रम भएको हो ।
बालमैत्री गाउँपालिका घोषणा गर्नका लागी सात वटै वडाले आवश्यक पर्ने ५१ वटा सूचक पुरा गर्नु पर्नुहुन्छ । आवश्यक ५१ वडा सूचक पुरा गर्न बाँकी रहेका वडा मध्ये १ , ५ र ६ नम्बर वडाले समेत आवश्यक सबै सूचक पुरागरी सकेकाको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाले बालमैत्री स्थानीय शासनयुक्त कमल घोषणाका लागि जिल्ला समन्वय समितिलाई घोषणको लागी अनुरोध गर्नुपर्ने हुन्छ । समन्वय समिति अनुगमन पछि सबै सूचक पुरा भएमा प्रदेश सरकारलाई सिफारिस गर्ने कानुनी प्रावधान रहेको छ । त्यस पछि प्रदेश सरकार बाट अनुगमन पछि सबै सूचक पुरा भए मात्र गाउँपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त गाउँपालिका घोषणा हुनेछ ।
गाउँपालिकालाई २०८० साल भदौ २९ गते राष्ट्रिय बाल दिवसका अवसरमा बालमैत्री स्थानीय शासनयुक्त स्थानीय तह घोषणागर्ने गरी तयारी भै रहेको गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले जानकारी दिनुभयो ।
कमल गाउँपालिका गाउँ कार्यपालिकाको २०७७ साल फागुन १२ गते बसेको बैठकको निर्णय अनुसार “खुशी राखाँै बालबालिकाको मुहार, बालमैत्री कमल समृद्धिको आधार” भन्ने नाराका साथ गाउँपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त स्थानीय तहका रुपमा घोषणा गर्ने निर्णय गरेको थियो ।