logo
शुक्रबार, साउन २९ २०८३

याक्थुङ स्टार सिजन वानको सेमिफाइनल राउण्ड भारतको सिक्किममा सम्पन्न


  • उमानाथ भण्डारी
  • शुक्रबार, साउन २६ २०८०

कमल । नेपालमा आयोजना भइरहेको याक्थुङ स्टार सिजन वानको सेमिफाइनल राउण्ड भारतको सिक्किममा सम्पन्न भएको छ ।
कार्यक्रम साउन २३ गते (८ अगष्ट २०२३) का दिन सिक्किमको गेजीङ्ग स्थित कम्युनिटी हलमा सम्पन्न भएको थियो ।
Singing Reality Show को सेमीफाइनल राउण्डमा सिक्किम लगायत छिमेकी देश नेपाल, आसम, दार्जिलिङ लगाएतका स्थानबाट सहभागी भएका शिर्ष १२ मा पुगेका प्रतिष्पर्धीले आफ्नो प्रस्तुति प्रस्तुत गर्नुभएको थियो ।
अमरकृती म्युजिक प्रा.लि. ताप्लेजुङ्गको आयोजनामा भैरहेको याक्थुङ स्टार सिजन वान सेमिफाइनल राउण्ड बाट फाईनलकालागी छनौट भएक ६ जनामा उदय बेगा पाँचथर, तारावीर सुब्बा आशाम, दिलिप लिम्बू पाँचथर, अन्जना लिम्बू दक्षिण सिक्किम, आइतहाङ लिम्बू पश्चिम सिक्किम र बीबी लिम्बू पाँचथर चयनहुनु भएको छ । फाईनलकालागि छनौट भएका ६ जना प्रतियोगीले नेपालमा हुने फाइनल राउण्डमा सहभागी हुनेछन् । प्रतियोगितमा प्रथम,द्वतिय ,तृतिय र सान्त्वनाहुने प्रतिष्पर्धीलाई नगद,गिप्टहेम्पर,र गाना रेकडिङ्गको अवसर प्रदान गरिने आयोजक अमरकृती म्युजिक प्रा.लि.का अध्यक्ष तथा याक्थुम स्टारका कार्यक्रम संयोजक ब्रोसीस मावोहाङ्ग याक्थुमले जानकारी दिनुभयो । कार्यक्रममा सिक्किमका मुख्यमन्त्री देखी स्थानिय नेताहरुको समेत उपस्थिती रहेको थियो  ।

 

 

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend