logo
शुक्रबार, साउन २९ २०८३

नेकपा एमाले झापाको विस्तारित बैठकको निर्णय


  • कुइनेटो न्युज
  • बुधबार, साउन २४ २०८०

बिर्तामोड । नेकपा एमाले झापाको विस्तारित बैठकले आगामी चैत्र मसान्तसम्ममा जिल्लादेखि टोलसम्मको अधिवेशन गर्ने कार्ययोजना निर्माण गरेको छ ।
बिर्तामोडमा दुई दिनसम्म चलेको विस्तारित बैठकले जिल्ला कमिटी, स्थानीय तह कमिटी, वार्ड कमिटी र टोल कमिटीका अधिवेशनहरु चैत्र मसान्तसम्म गरिसक्ने गरी योजना निर्माण गरेको एमाले झापाका सचिव शिव ढुङगेलले जानकारी दिनुभयो ।
एमाले झापाले आफ्ना जनप्रतिनिधिहरुले गरेको कामको मुल्यांकन, सदस्यता नवीकरण, कमिटीहरुको अवस्था, पार्टीको कार्ययोजनाहरु बारे छलफल गर्दै सुझावहरु संकलन पनि गरेको छ ।
एमालेको स्थायी कमिटी सदस्य हिक्मत कार्की, एमाले पोलिटब्यूरो सदस्य तथा झापा इन्चार्ज विशाल भट्टराई, पार्टीका केन्द्रीय कमिटीका सदस्यहरु, प्रदेश कमिटीबाट क्षेत्रको जिम्मेवारी तोकिएका इन्चार्जहरु, पाँचवटै निर्वाचन क्षेत्रका संयोजकहरु र १५ वटै पालिकाका इन्चार्जहरुको समेत उपस्थिति रहेको उक्त बैठकले पार्टीको आगामी कार्ययोजनामाथि छलफल गरेको थियो ।

बैठकको पुर्ण पाठ हेर्न याहाँ क्लिक गर्नु होला      TO press 2080.04.23

बैठक सम्पन्न भए पश्चात एक विज्ञप्ति जारी गर्दै जिल्ला अध्यक्ष दिपक कार्कीले १९ हजार ५ सय ६७ सदस्यहरुले सदस्यता नविकरण गरेको जनाएका छन् । उनका अनुसार १५ वटा पालिकाका सबै वडाहरुका सबै टोलमा सकृय कमिटी रहेका छन् ।
बैठकमा नेताहरुले एमाले झापालाई थप चुस्त र प्रभावकारी बनाउन केन्द्रीय र कोशी प्रदेश कमिटीका नेताहरुले सुझाव समेत राखेका थिए । बैठकमा झापाको राजनीतिक अवस्था, जनताका समस्याहरु, जनप्रतिनिधिहरुको काम, पार्टीको राजनीतिक, वैचारिक, सांगठनिक अवस्थाको बिषयमा नेताहरुले धारणा एवम् सुझावहरु राख्नु भएको थियो ।
बैठकमा पार्टी स्थायी कमिटी हिक्मत कार्की, पोलिटब्यूरो सदस्य तथा झापा इन्चार्ज विशाल भट्टराईले समसामयिक राजनीतिक परिस्थिती, पार्टी केन्द्रीय कमिटीका फैसलाहरु र तत्काल गरिनु पर्ने पार्टीका कार्यभारहरुका बिषयमा निर्देशनात्मक भनाई राख्नुभएको थियो ।

 

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend