logo
शुक्रबार, साउन २९ २०८३

याक्थुङ स्टारको ग्रानफिनान्ली शो सिक्किममा हुने 


  • उमानाथ भण्डारी
  • आइतबार, साउन २१ २०८०

कमल । याक्थुङ स्टारको पहिलो सिजनको टप १२  राउन्ड भारतको सिक्किममा हुने भएको छ ।
अमरकृती म्युजिक प्रा.लि.को आयोजनामा सञ्चालित “याक्थुङ भाषा याक्थुङ लिपी याक्थुङ  हरूको शान ‚ अस्तित्व र मौलिकता बचाउने याक्थुङ स्टारको अभियान” भन्ने नाराका साथ  सुरु भएको प्रतियोगिता आगामी साउन २३ गते ९२०२३ अगस्ट ८ तरिका का दिन सिक्किमको गेजीङ्ग स्थित कम्युनिटी हलमा सम्पन्न  हुने  अमरकृती म्युजिक प्रा.लि.का अध्यक्ष तथा याक्थुङ स्टारका कार्यक्रम संयोजक ब्रोसीस मावोहाङ्ग याक्थुङले जानकारी दिनुभयो ।


पहिलो राउन्ड बाट छनौट भएका २९ जना प्रतिष्पर्धा बिच गत साउन ५ गते झापाको बिर्तामोडमा  दोश्रो राउन्ड सम्पन्न भएको थियो त्यस बाट १२ जना प्रतिष्पर्धा छनौट भएका  छन् ।  त्यस बाट  छनौट भएका प्रतिष्पर्धा  बिच सिक्किमको गेजीङ्ग स्थित कम्युनिटी हलमा हुने  संयोजक  मावोहाङ्गले जानकारी दिनुभयो ।
सिक्किममा हुने १२ जना प्रतिस्पर्धीहरू बिच प्रतियोगितामा हुनेछ । प्रतियोगिताको निर्णायकमा  सन्चमान ताम्लिङ सुब्बा सिक्किम‚ प्रमोद सुब्बा सिक्किम गंगा फ्याक  लिम्बु  नेपाल बाट रहनु भएको छ । प्रतियोगितामा प्रथम‚द्वतिय ‚तृतीयं र सान्त्वना भएका प्रतिस्पर्धीलाई नगद‚गिप्टहेम्पर‚र गाना रेकडिङ्गको अवसर प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगिता हरेक श्रृखलालाई  हिमशिखर टेलिभिजन र याक्थुङ स्टार युट्युव च्यालनले प्रसारण गरिरहेको छ भने kuinetonews.com   मिडिया पाटर्नर रहेको छ ।

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend