logo
शुक्रबार, साउन २९ २०८३

कमलमा विश्व आदिवासी दिवस भव्य रुपले मनाईदै


  • कुइनेटो न्युज
  • शुक्रबार, साउन १९ २०८०

कमल । नेपाल आदिवासी जनजाति महासंघले झापामा यसवर्ष भव्य रुपले विश्व आदिवासी दिवस मनाउने तयारी गरेको छ।

महासंघ झापा जिल्ला समन्वय परिषदले शुक्रवार दमकमा पत्रकार सम्मेलन गरि पहिचानको आन्दोलन स्वरुप यहि साउन २४ गते मनाईने २९ औ विश्व आदिवासी दिवस यसवर्ष झापामा भव्य रुपले मनाउने तयारी तीव्र पारिएके जनाएको हो।

महासंघका अध्यक्ष पाण्डवलाल चौधरीका अनुसार यसवर्ष विश्व आदिवासी दिवस झापाको कमल ५ पाडाजुंगीस्थित आदिवासी रंगशालामा विभिन्न कार्यक्रम गरि भव्य रुपले मनाउने तयारी गरिएके बताउनु भयो । वहाँले दिवसलाई पहिचानको आन्दोलनका रुपमा मनाउने तयारी गरिएके समेत बताउनु भयो ।

जिल्लास्तरिय सो कार्यक्रम भव्यताका साथ सम्पन्न गर्न महासंघ जिल्ला अध्यक्ष चौधरीको अध्यक्षतामा मूल आयोजक समितिसहित विभिन्न ११ वटा उपसमितिहरु गठन गरि तयारी तीव्र पारिएके महासंघ झापाका पूर्व अध्यक्ष पारषमणि राईले जानकारी दिनुभयो ।

संघीय सरकारका नागरिक तथा पर्यटन मन्त्री सुदन किरातीको प्रमुख आतिथ्यतामा हुने कार्यक्रममा समाजशास्त्री डा. कृष्णबहादुर भट्टचन , लाहुर्निपका उपाध्यक्ष शंकर लिम्बू लगायत आदिवासीका अगुवा नेता हरु मुख्य वक्ताका रुपमा रहने साथै विभिन्न जातजातिका झाँकीहरु समेतप्रस्तुत गरिने कार्यक्रम रहेको छ ।

त्यस्तै, कार्यक्रमलाई थप आर्कषण बनाउन भारतको सिक्कीमका आदिवासी संस्था र आयोजकबीच मैत्रीपूर्ण फूटवल समेत सञ्चालन गरि ने महासंघ झापाका पूर्व अध्यक्ष राईले जानकारी दिनुभयो ।

पत्रकार सम्मेलनमा आदिवासी रंगशालाका महासचिव दिपेनवाला राई, किरात याक्थुङ्ग चुम्लुङ्गका जिल्ला अध्यक्ष शेसेहाङ्ग फियाक, नेपाल आदिवासी जनजाति महा संघ कमल समन्वय परिषदका अध्यक्ष बदी राई लगायतले विश्व आदिवासी दिवसको महत्वका विषयमा बोल्नु भएको थियो ।

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend