कमल ÷ झापाको कमल गाउँपालिका वडा नं ५ स्थित साधु होली निर्माणमा भएको खर्चको विषयलाई लिएर समिति भित्रको विवाद उत्कर्षमा पुगेको छ ।
साधु होली निर्माणको लागी गत आर्थिक वर्ष २०७९र८० मा राष्ट्रपति चुरे संरक्षण कार्यक्रम अन्तर्गत ३० लाख रुपैयाँ बजेट प्राप्त भएको थियो । तर साधु होली सिमसार पर्यटकीय क्षेत्रको विकासका लागी गरिएको डिपिआर अनुसार ३० रुपैयाँ प्राप्त भएपनि १४ लाखमै काम सम्पन्न भएको र बाकी रहेको रकम समिति हिसाब नमिले पछि विवाद उत्कर्षमा पुगेको स्थानीय बासीले बताएका छन् ।
होलिका विकास ‚ सम्वर्द्धन र संरक्षण गर्न विगतका वर्षदेखि गाउँपालिकाको पहलमा विभिन्न कामहरू हदै आई रहेको छन । गत आर्थिक वर्षमा राष्ट्रपति चुरे संरक्षण कार्यक्रम अन्तर्गत प्राप्त भएको रकम मध्ये आधा रकमै निर्माणको काम सम्पन्न भएको छ । र वाकी रकम बचत भएपछि त्यो रकमको विषयलाई लिएर उपभोक्ता समिति भित्रको विवाद अहिले चरम उत्कर्षमा पुगेको हो ।
समिति भित्र हिसाब किताब नमिले पछि विवाद सृजना भएको बताउदै उपभोक्ता समितिका सचिव नवीन भट्टराईले राजिनामा दिनुभएको छ । काम सम्पन्न भएपछि हिसाब फरफाराका लागी निर्माण समितिका अध्यक्षले समितिमा बिल पेस नगरेका कारण समिति भित्र विवाद चुलिएको हो । काम सम्पन्न भयो अब सबै बिल ल्याउनुहोस र समितिमा बसेर छलफल गरौ भनेर पटक पटक अध्यक्षलाई भन्दा पनि बिल नआएपछि आफूले समितिको सचिव पद बाट राजिनामा दिएको साधुहोली सिमसार संरक्षण समितिका सचिव नवीन भट्टराईले जानकारी दिनुभयो ।
साधु होलिमा पानी रोक्नका लागी ढ्याम्म‚ पानी निकासको प्लाव ‚माटो पराई लगायतको काम सम्पन्न भएको छ ।सो कामको लागी इस्टमेटको रमक भन्दा आधा रकम १४ लाख २५ हजार मै निर्माण सम्पन्न भएको छ । आधा रकममै स्टमेटमा उल्लेख गरिएको भन्दा राम्रो र धेरै काम भएको छ । तर निर्माण समितिका अध्यक्षले वास्तविक खर्च देखाउन नसकेका कारण यो समस्या आएको अनुगमन समितिका संयोजक पुष्प न्यौपाने बताउनुहुन्छ ।
साधुहोलि निर्माणका लागी भएको यथार्थ खर्च सार्वजनिक गर्न सम्बन्धित वडा अध्यक्षलाई पटक पटक स्थानीयले अनुरोध गर्दा पनि हिसावा सार्वजनिक हुन सकेको छैन । यसले उपभोक्ता समिति माथि अझ स्थानीयले संखा गर्नु स्वभाविक भएको स्थानीय विर वहादुर चेम्जुङ्गको भनाई छ ।
सम्बोधित वडा अध्यक्ष लाल बहादुर विष्टलाई अनुसार आफै लागेर उपभोक्ता समिति गठन गरेको र यस भन्दा बाँकी आफूलाई कुनै पनि जानकारी नभएको बताउनु भयो ।
राष्ट्रपति चुरे संरक्षण कार्यक्रमले आफै ठेक्का लगाएको हो । अनुगमन गर्ने ‚ बिल पास गर्ने नगर्ने सबै काम उसैको काम हो । यसको अनुगमन गर्ने अधिकार आफूलाई नभएको र विवाद चुलिँदै गएपछि उपभोक्ता समितिलाई पटक पटक वास्तविक हिसाब सार्वजनिक गर्न अनुरोध गरेको वडा अध्यक्ष विष्टले जानकारी दिनुभयो ।
उपभोक्ता समितिका अध्यक्ष आइत बहादुर साम्वाहाम्फेका अनुसार साधुहोली निर्माणमा २३ लाख रुपैयाँ खर्च भएको छ । यसमा आफूले आफूले २० लाख ६० हजार रुपैयाँ मात्र लिएको बताउनु भयो । आफूले राम्रो काम गर्दा गर्दै पनि राजनीति विवादका कारण यो समस्या आएको हो । आफू सँग होली निर्माणमा भएको यथार्थ खर्च तयार छ । तर विवाद बढेकाले सार्वजनिक गर्न सकिएको छैन । यो विवाद गाउँपालिका सम्म पुगेको छ । अब गाउँपालिकाको निर्देशन अनुसार वास्तविक हिसाब सार्वजनिक गर्न आफू तयार रहेको साम्वाहाम्फेले बताउनु भयो ।