कमल । क्लब हिमालयन टाइगर कमल गाउँ समितिको अध्यक्षमा केदार नाथ चापागाँई अध्यक्षतामा १७ सदस्यीय समिति सर्वसम्मत चयन हुनुभएको छ ।
कमल गाउँपालिका ५ स्थित मंगलमय माध्यमिक विध्यालयको सभा हलमा सम्मन्न कार्यक्रमले समितिको उपध्यक्षमा उपाध्यक्षमा कमल सुवेदी र शन्जु निरौला सचिव भवानी सापकोटा,सह सचिब डिल्लीराम पराजुली,कोषाध्यक्ष यम प्रकाश सुब्वा चयन हुनुभएको हो ।
त्यस्तै क्लबका केन्द्रीय अध्यक्ष रेवत चन्द्र भण्डारीको प्रमुख आतिथ्यमा सम्मपन्न कायृक्रम बाट समितिको सदस्यमा रक्षा पाण्डे, शेखर गौतम, देवु प्रसाद चापागाँई, संजिब पाठक, शिसम नेपाल, विल्सन अधिकारी,नेत्र प्रसाद दाहाल, कविन्द्र विमली, भुपेन्द्र अधिकारी, नर प्रसाद अधिकारी, फडिन्द्र पाण्डे समेत चयन हुनुभएको हो ।
कार्यक्रममा विद्यालय व्यावस्थापन समितिका अध्यक्ष तिर्थ थापा, बरिष्ठ समाजसेवी एवं क्लबका सल्लाहाकार गणेश प्रधान, झापा रेडियोका स्टेसन म्यानेजर कोशिस सिवाकोटी, समाजसेवी, लेखक एवं शिक्षक ओम प्रकाश गौतम, क्लबका केन्द्रीय महासचिब तेज बहादुर श्रेष्ठ, दमक शाखा अध्यक्ष मेघनाथ फुयल, उपाध्यक्ष अनु भण्डारी लगायतले कार्यक्रममा शुभकामना मन्तत्वय राख्नु भएको थियो ।
२०१९ मा स्थापना भएको क्लब हिमालयन टाइगरले विभिन्न मानविय सेवाहरुलाई प्राथमिकता दिएर आफ्नो सामाजिक कार्यलार्ई निरन्तरता दिदै आएको छ ।
प्रकृतिक प्रकोप, कोरोना, व्लड डोनेसन, सचेतना कार्यक्रम, सरसफाई, न्यानो कपडा अभियान, लगायतका कार्यमा स्थानिय स्तरमा अब्बल रहेको क्लबले आफ्नो शाखाहरु विस्तार गर्र्दै युवाहरुलाई सामाजिक सेवामा प्रेरित गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको केन्द्रीय अध्यक्ष रेवत चन्द्र भण्डारीले बताउनु भयो । देशमा मात्र नभएर विदेशमा पनि आफ्नो शाखा विस्तार गर्दै क्लबले आफ्नो कार्य क्षेत्र बढाउदै गएको र आगामी दिनमा देशमा नै स्थापना भएको क्लबलाई अन्तराष्टिय स्तरमा समेत स्थापित गर्ने लक्ष्य लिइएको क्लबका महासचिब तेज प्रसाद श्रेष्ठले बताउनु भयो ।
समुदायमा अन्य धेरै क्लबहरु भएपनि समाजमा प्रभावकारी कार्य गर्न नसकेको यो अवस्थामा यस क्लबको माध्ययबाट स्थानिय समुदाय, समाज, स्थानिय संघ संस्था र स्थानिय निकाय सँग सहकार्य गरी समाज सुधार गर्न सक्रिय भएर लाग्ने नव निर्वाचित कमल अध्यक्ष केदार चापागाँईले बताउनु भयो ।
कार्यक्रममा उपस्थित महानुभवहरुलाई क्लबका सदस्य कमल सुवेदीले स्वागत गर्नु भएको थियो भने कार्यक्रमको संचालन भवानी सापकोटाले गर्नु भएको थियो ।