logo
शुक्रबार, साउन २९ २०८३

वृत्ति परामर्श तथा रोजगार मेला २०८० को खर्च विवरण सार्वजनिक


  • कुइनेटो न्युज
  • सोमबार, साउन ८ २०८०

कमल । कमल गाउँपालिकामा सम्मन्न वृत्ति परामर्श तथा रोजगार मेला २०८० को आज एक कार्यक्रमका बिच खर्च विवरण सार्वजनिक गरिएको छ ।
कमल गाउँपालिकाको आयोजना तथा कमल उद्योग वाणिज्य संघको समन्वय र दिगो तथा सम्मानित रोजगारको लागी सीप परियोजना (हेल्भिटास)को प्राविधिक सहयोगमा सम्पन्न मेलाको खर्च विवरण सार्वजनिक गरिएको हो ।
कमलउद्योग वाणिज्य संघको सभाहलमा सम्पन्न कार्यक्रममा कमल गाउँपालिकाका उपाध्यक्ष प्रमिला तिवारी, ३ नम्वर वडा सदस्य एङ्गल गुरुङ्ग, ,टोल विकास सस्थाका प्रतिनिधी ,शिक्षक, व्यासायीको उपस्थितीमा खर्च विवरण सार्वजनिक गरिएको कमल उद्योग वाणिज्य संघका कोषाध्यक्ष भगिरथ रिजालले जानकारी गराउनु भयो ।
“रोजगारीको अवसर र पहिचान, वेरोजगारी समस्याको समाधान”भन्ने नाराका साथ असार १६ गते कमल ३ स्थित केर्खा खेल मैदानमा मेला सम्पन्न भएको थियो ।
मेलामा कमल गाउँपालिका तथा छिमेकी पालिका बाट आएका उद्योगी , व्यसायी ,सिप विकास सस्था,परामर्श केन्द्र , गरी २३ वटा स्टल रहेका थिए । भने मेलामा २ हजार भन्दा बढी अवलोकन कर्ताले अवलोक गरेका थिए ।
कमल उद्योग वाणिज्य संघका अध्यक्ष विरेन्द्र अधिकारीको अध्यक्षता र कमल गाउँपालिकाकी उपाध्यक्ष प्रमिला न्यौपानेको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमलाई संघका महासचिव युवराज पाठकले सन्चालन गर्नु भएको थियो ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend