logo
शुक्रबार, साउन २९ २०८३

शैक्षिक क्षेत्रका साझा उम्मेदवार सुमन


  • नरेन्द्र ढकाल
  • बिहिबार, असार २८ २०८०

शैक्षिक क्षेत्रमा आफ्नो बेग्लै पहिचान बनाउन सफल सन्तकुमार शर्मा कट्टेल (सुमन) लाई नचिन्नै कमै होलान् । नाम जस्तै सन्त र शान्त स्वभावका सुमनले झापामा शैक्षिक क्षेत्रमा ठूलो योग्दान दिनुभउको छ । आमा कृष्णमाया कट्टेल र बुबा स्व.रत्नप्रसाद कट्टेलको सुपुत्रका रुपमा वि.सं.२०३२ साल चैत २ गते जन्मिनुभएका सुमनले स्नातक तहसम्मको अध्ययन पुरा गर्नुभएको छ ।

२०५२ सालबाट शिक्षण पेशा शुरु गर्नुभएका सुमनले धेरैलाई शैक्षिक ज्ञान प्रदान गर्नु भएको छ । हाल देवभूमी इङलिस स्कूलको संस्थापक अध्यक्ष, बोस्टन एजुकशेन फाउण्डेशनका अध्यक्ष, प्याब्सन झापाको जिल्ला कार्य समिति सदस्य तथा इक्यान झापाका संस्थापक अध्यक्ष रहनु भएका सुमनले समग्र शिक्षा क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहनु भएको छ ।

शिक्षासंगै विभिन्न सामाजिक कार्यमा सक्रिय सुमनलाई यस पटक नेपाल शैक्षिक परार्मश संघ इक्यान झापाले केन्द्रीय सदस्यमा सर्वसम्मत रुपमा उम्मेदवार बनाउदैं केन्द्रीय सदस्यका लागि झापाबाट दरिलो रुपमा आफ्नो उम्मेदवार उठाएको छ । झापामा शैक्षिक परामर्शसंग गठनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका सुमनलाई शैक्षिक परामर्श ब्यवसायीहरुले अग्रज र पथप्रर्दशकको रुपमा लिने गरेका छन् । हरेक संस्थामा राजनीतिक ध्रुविकरण भइरहेका बेला इक्यान झापामा भने त्यस्तो देखिएन् । राजनीतिक आस्था र विचार जहाँ भएपनि शैक्षिक शैक्षिक क्षेत्रमा अग्रजलाई स्थान दिदैं उनीहरुले देखाएको बाटोमा अघि बढ्नुपर्छ भन्ने मान्यता इक्यान झापाले प्रस्तुत गरेर सबैका लाई उदाहरण प्रस्तुत गरेको छ ।

उच्च शिक्षा अध्ययनका लागि विदेशमा रहेका विश्वविद्यालयहरुको बारेमा जानकारी लिन काठमाण्डौंसम्म पुग्नुपर्ने बाध्यतालाई अन्त्य गर्दै झाापाबाटै परामर्श सेवा दिन सकिने उद्धेश्यले बिर्तामोडसहितका स्थानमा शैक्षिक परामर्श केन्द्र (कन्सल्टेन्सी(हरु सञ्चालनमा आएसंगै उनीहरुलाई जिम्मेवार तथा जवाफदेशी बनाउन इकयानमा आवद्ध गराउदैं इक्यान झापा शाखा गठन गरिएको सुमनको भनाई छ ।

२०७६ सालमा सुमनकै नेतृत्वमा नेपाल शैक्षिक परार्मश संघ इक्यान झापा शाखााको गठन भयो । संस्था गठन भएको छोटो समयमा नै देशभरकै अब्बल शाखाको रुपमा आफ्नो चिनारी दिन सफल झापा शाखाले विभिन्न सामाजिक कामलाई सक्रिय रुपमा अघि बढाइरहेको छ । केन्द्रीय नीतिलाई अबलम्बन गर्दै शाखालाई सक्रिय बनाउन सबै सदस्यहरु एकमत भएर अघि बढ्दा आज झापा शाखा अब्बल शाखाको रुपमा रहेको छ ।

शैक्षिक परामर्शका क्षेत्रमा देखिएका समस्यालाई सामूहिक रुपमा समाधान गर्दै भरपर्दो र विश्वास योग्य बनाउर्दै विद्यार्थी तथा अभिभावकको मन जित्न सफल शैक्षिक परामर्श केन्द्रहरु धमाधम इक्याान झापामा आवद्ध हुने क्रम बढी रहेको छ । इक्यानले कुनै कन्सल्टेन्सीमा समस्या देखिएमा आफ्नो सदस्य संस्था रहेमा त्यसलाई समाधान गर्न पहल गर्दै आएको बताइएको छ । झापामा सस्थापक अध्यक्षको जिम्मेवारी कुशलता पूर्वका निर्वााह गरेपछि सबैको सर्वसम्मत निर्णयले आइतबार मात्रै केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका सुमनलाई इक्यान पूर्वाञ्चलसहित राजधानी बाहिर रहेका सबै शाखाहरुले सर्मथन गरिसकेका छन् ।

राजधानीमा रहेका इक्यानमा आवद्ध धेरै सदस्यहरुले सुमनलाई मत दिने बचन दिएका छन् भने सकेसम्म केन्द्रमा पनि सर्बसम्मत रुपमा केन्द्रीय सदस्य बनाउनका लागि नेतृत्वले नै पहल गरिरहेको बताइएको छ । आफु केन्द्रीय सदस्यमा निर्वाचित भएमा हरेक शाखाका गतिविधिलाई सक्रिय रुपमा अघि बढाउर्दै शैक्षिक परामर्श क्षेत्रलाई अझ ब्यवस्थित गर्न पलह गर्ने प्रतिबद्धता जनाए । उनले नेपालमाबाट अध्ययनका लागि विदेश जाने विद्यार्थीमात्र नभई विदेशबाट पनि नेपालमा अध्ययनका लागि विद्यार्थीहरु आउने वातारण बनाउनका लागि पहल गर्ने प्रतिबद्धता जनाए । सुमनले इक्यानमा आवद्ध रहेका सबै सदस्यहरुको क्षमता अभिवृद्धिका लागि विभिन्न तालिम तथा शैक्षिक ज्ञानमा कार्यक्रमहरु सञ्चालन गर्ने बताउनु भयो ।

आवश्यकताहरुलाई महशुस गर्दै अग्रहजहरुले निर्माण गरेको यस संस्थालाई यहाँसम्म ल्याउने सम्पूर्ण संस्थापकसहित हालसम्मका सम्पूर्ण पदाधिकारी प्रति अनुग्रहित रहँदै अझ थप ब्यवस्थित बनाउ आफुले केन्द्रीय सदस्यको रुपमा उम्मेदवारी घोषणा गरेको बताउनु भयो । आफु निर्वाचित भएमा आफुले सक्ने सबै क्षमतालाई अघि बढाउने समेत जानकारी दिनुभयो । सुमनले आफु साझा उम्मेवार बन्दै गर्दा सबैको साथ र सहयोग रहेको तथा शाखाका सम्पूर्ण उम्मेवद्वारलाई स्थान दिन सबैसंग आग्रह गर्नुभएको छ । आगामी असार ३० गते हुने निर्वाचनमा सर्वसम्मत रुपमा निर्वाचित गराउन अग्रह गर्दै सुमनले निर्वाचन भएमा आफुलाई कुनै पनि राजनीतिक आस्था, विचार तथा समूहभन्दा माथि उठेर मतदान गरिदिन सबैसंग आग्रह गर्नुभउको छ । वहाँले आफु निर्वाचित हुनेमा विश्वास ब्यक्त गर्दै शैक्षिक परामर्श ब्यवसायलाई थप ब्यवस्थित बनाउन आफुले सक्दो पहल गर्ने प्रतिबद्धतथा जनाउनु भयो । सरल स्वभावककै कारण सुमन सर्वसम्मत हुने इकयान झापामा आवद्ध सम्पूर्ण सदस्यहरुले विशवास ब्यक्त गरेका छन् ।

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend