कमल । सवारी दुर्घटनालाई न्यूनीकरण गर्ने उद्देश्यले सन्चालन भएको ट्राफिक सप्ताह विभिन्न कार्यक्रम गरी मनाईदै छ ।
“सातै दिन सातै काम , सडक सुरक्षा हाम्रो अभियान” भन्ने नाराका साथ ट्राफिक सप्ताह शुरु भएको हो ।
ट्राफिक सप्ताह अन्तर्गत छैठौँ दिनको कार्यक्रममा सार्वजनिक सवारीसाधनले जथाभावी यात्रु चढाउने र ओराल्ने कार्यलाई नियन्त्रणका गर्न बस,सिटि,अटो,म्याजिकलाई पकेट निर्माण गरि पकेट बाहिर रोके नरोकेको अनुगमन गरिएको थियो ।
त्यस्तै अनुगमनका क्रममा मालवाहक ट्रक ,यात्रुवाहक बस तथा सिटि अटोलाई बायाँ लेनको कार्यान्वयन तथा कार्वाही स्वरुप परिवर्तन गरेका सवारी साधन अनुगमन गरिएको र अनुगमनका क्रममा ट्राफिक नियम विपरित चलाईएकासवारी साधनलाई कार्वाही गरिएको ट्राफिक प्रहरी पोस्ट केर्खाका ईन्चार्ज रोहीत थापाले जानकारीले जानकारी लिनुभयो ।
केर्खा स्थित लोकमार्गमा सिटि सफारीका चालक, स्कुल बसका चालक,सह चालकलाई सडकमै भेलागराई ट्राफिक नियम सम्बन्धि प्रशिक्षण दिनुका साथै पर्चा बितरण गरिएको थियो भने सार्बजनिक बसमा आरक्षण सिट भाडा,डस्विन, Fire Extingvisher को अनुगमन तथा अशक्तलाई सवारी सार्वजनिक बसमा प्राथमिकता दिन सुझाव तथा विभिन्न मालवाहक सवारीमा क्षमता भन्दा बढि ढुवानी नगर्न सचेत गराएको ट्राफिक प्रहरी पोस्ट केर्खाका ईन्चार्ज थापाले बताउनु भयो ।