logo
शुक्रबार, साउन २९ २०८३

जनचेतना मुलक कार्यक्रम गर्दै ट्राफिक प्रहरी पोष्ट केर्खा


  • उमानाथ भण्डारी
  • शुक्रबार, असार २२ २०८०

कमल । सवारी दुर्घटनालाई न्यूनीकरण गर्ने उद्देश्यले झापासहित कोशी प्रदेशका १४ वटै जिल्लामा ट्राफिक सप्ताह शुरु भएको छ ।
“सातै दिन सातै काम , सडक सुरक्षा हाम्रो अभियान” भन्ने नाराका साथ ट्राफिक सप्ताह शुरु भएको हो ।
ट्राफिक सप्ताह अन्तर्गत तेश्रो दिन पनि विभिन्न ठाउँमा सवारी दुर्घटना न्यूनीकरण सम्बन्धि जनचेतना मुलक कार्यक्रम गरी ट्राफिक सप्ताह कार्यक्रम मनाईएको छ ।
यसैक्रममा कमल गाउँपालिका ३ केर्खा स्थित लोकमार्गमा मोटर साईकल .चालकलाई प्रशिक्षण,विभिन्न सवारीलाई लेन अनुशासनको पालना,केर्खा स्थित लालिमा बोडिङ स्कुलका कक्षा–८,९र १० मा अध्यायनरत एक सय जना भन्दा बढी विध्यार्थीहरुलाई ट्राफिक नियम सम्बन्धि प्रशिक्षण , सडकका खाल्डा खुल्डि मर्मत तथा अब्यवस्थित पार्किङ र सडकमा राखीएका निर्माण सामग्री हटाउनु अनुरोध गरेको ट्राफिक प्रहरी पोष्ट केर्खाले जनाएको छ ।
त्यस्तै मुख्य राजमार्ग का साथै भित्री सडक खण्डमा पर्ने केर्खा क्याम्पा सडक खण्ड अन्तर्गत केराधापमा विभिन्न सवारी चालक, पैदल यात्री तथा आम सडक प्रयोगकर्ता , जनप्रतिनिधि लगाएत स्थानिय बासीलाई सडकमै भेला गरि ट्राफिक नियम सम्बन्धि प्रशिक्षण दिनुका साथै १ सय ५० थान पर्चा बितरण गरिएको ट्राफिक प्रहरी पोष्ट केर्खाका ईन्चार्ज रोहीत थापाले जानकारी दिनुभयो ।

कार्यक्रममा सडकमा पैदल यात्रा र जेब्राक्रस बाट बाटो काट्ने अभ्यास, चालकहरुलाई बिमा लगाएत सम्पुर्ण कागजपत्र नविकरण गर्न र जेब्राक्रसमा पैदलयात्रिलाई प्राथमिकता दिई सवारी चलाउन सचेत गराउनुका साथै विभिन्न ट्राफिक नियम सम्बन्धी जानकारी गराउदै पर्चा पम्प्लेट समेत वितरण गरेको ट्राफिक प्रहरी पोस्ट केर्खाले जनाएको छ ।
सप्ताह मनाउने क्रममा ट्राफिक प्रहरी पोस्ट केर्खाले सडकमा पैदल यात्रा र जेब्राक्रस बाट बाटो काट्ने अभ्यास, चालकहरुलाई बिमा लगाएत सम्पुर्ण कागजपत्र नविकरण गर्न र जेब्राक्रसमा पैदलयात्रिलाई प्राथमिकता दिई सवारी चलाउन सचेत गराउनुका साथै विभिन्न ट्राफिक नियम सम्बन्धी जानकारी गराउदै पर्चा पम्प्लेट समेत वितरण गरेको ट्राफिक प्रहरी पोस्ट केर्खाले जनाएको छ ।

 

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend