logo
शुक्रबार, साउन २९ २०८३

सवारी दुर्घटना न्यूनीकरण सम्बन्धि जनचेतना मुलक कार्यक्रम गर्दै ट्राफिक प्रहरी पोस्ट केर्खा


  • उमानाथ भण्डारी
  • बिहिबार, असार २१ २०८०

कमल । सवारी दुर्घटनालाई न्यूनीकरण गर्ने उद्देश्यले झापासहित कोशी प्रदेशका १४ वटै जिल्लामा ट्राफिक सप्ताह शुरु भएको छ ।
“सातै दिन सातै काम , सडक सुरक्षा हाम्रो अभियान” भन्ने नाराका साथ ट्राफिक सप्ताह शुरु भएको हो ।
ट्राफिक सप्ताह अन्तर्गत दोस्रो दिन पनि विभिन्न ठाउँमा सवारी दुर्घटना न्यूनीकरण सम्बन्धि जनचेतना मुलक कार्यक्रम गरी सप्ताह मनाईएको छ ।
सप्ताह मनाउने क्रममा ट्राफिक प्रहरी पोस्ट केर्खाले समेत लोकमार्गमा तिब्रगति नियन्त्रणका लागि राडर गन चेकिङ गर्नुका साथै विभिन्न सवारीका चालक र पैदल यात्री तथा आम सडक प्रयोगकर्ताहरुलाई सडकमै भेला गराई कार्यक्रम गरेको छ ।
कार्यक्रममा सडकमा पैदल यात्रा र जेब्राक्रस बाट बाटो काट्ने अभ्यास, चालकहरुलाई बिमा लगाएत सम्पुर्ण कागजपत्र नविकरण गर्न र जेब्राक्रसमा पैदलयात्रिलाई प्राथमिकता दिई सवारी चलाउन सचेत गराउनुका साथै विभिन्न ट्राफिक नियम सम्बन्धी जानकारी गराउदै पर्चा पम्प्लेट समेत वितरण गरेको ट्राफिक प्रहरी पोस्ट केर्खाले जनाएको छ ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend