logo
शुक्रबार, साउन २९ २०८३

असार २१ गतेको राशीफल


  • कुइनेटो न्युज
  • बिहिबार, असार २१ २०८०

मकर  राशीका चन्द्रमा अनुसार तयार पारिएको राशीफल प्रस्तुत छ ।

#मेष राशी (चू, चे, चो, ला, ली,लू, ले, लो, अ )
मनमा उत्साहका साथै बोली बिक्ने समय छ । नयाँ र शुभकार्यको चर्चा चल्नेछ । साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ ।

#वृष राशी- (इ, उ, ए, ओ, वा, वी, वू, वे, वो)
चिन्ता हटेर मन हलुका हुनेछ र व्यक्तिगत कार्यमा सफलता मिल्नेछ । विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ । घरायसी मनोरञ्जन हुनेछ ।

#मिथुन राशी – (का, की, कु, घ, ङ, छ, के, को, हा)
शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । कार्य सम्पादनमा समस्या आउला । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन ।

#कर्कट राशी – (ही, हु, हे, हो, डा, डी,डू, डे, डो)
आँटेको र ताकेको कार्य पुरा होला । प्रविधि मार्फत टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ । शुभकार्यको चर्चा पनि चल्नेछ ।

#सिंह राशी – (मा, मी, मू, मे, मो, टा, टी, टू, टे)
राजनैतिक कार्यमा सफलता मिल्नेछ । बन्धु बान्धवबाट भने सहयोग मिल्नेछ, तर स्वास्थ्य मापदण्डको ख्याल गर्नु पर्नेछ ।

#कन्या राशी – (टो, पा, पी, पू, ष,ण, ठ, पे, पो)
नयाँ कार्यको योजना बन्नेछ । नजिकको व्यक्तिबाट आँटेको काम सफल हुनेछ । दैनिक कार्यमा प्रगति हुनेछ । पारिवारिक सुख पनि मिल्ला ।

#तुला राशी – (रा, री, रू, रे, रो, ता, ती, तू, ते)
बुद्धि र विवेकको प्रयोग गर्न सके आजको दिनलाई सकारात्मक बनाउने समय छ । नयाँ ज्ञान र सीप सिक्ने मौका मिल्नेछ ।

#वृश्चिक राशी-( तो, ना, नी, नू, ने,नो, या, यी, यू)
सामाजिक कार्यमा सफलता मिल्नेछ भने प्रविधि मार्फत इष्टमित्रसँग भेटघाट होला । चिताएको कामले तीव्रता लिनसक्छ ।

#धनु राशी – (ये, यो, भा, भी, भू,धा, फा, ढा,भे)
रोकिएका काम पुनः सुरु हुन सक्छन् । प्रेमप्रसङ्गमा रमाइलोपन आउनेछ । सन्तानबाट सहयोग मिल्ला । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ ।

#मकर राशी – (भो, जा, जी, जु, जे, जो, खा, खी,खू, खे, खो, गा, गी)
कहीँकतैबाट कुनै उपहार प्राप्त होला । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । दिनको उत्तरार्धमा अधिक धन खर्च हुनेछ ।

#कुम्भ राशी- (गू, गे, गो, सा, सी,सू, से, सो, दा)
आर्थिक सङ्कटले गर्दा मनमा अशान्ति र स्वास्थ्यमा समस्या बढ्ला । प्रेममा बाधाका साथै मन कमजोर रहनसक्छ ।

#मीन राशी- (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची)
शुभ चिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् । स्वास्थ्य राम्रो रहनेछ भने परिवारको खुसीका निम्ति केही खर्च हुनसक्छ ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend