logo
शनिबार, साउन ३० २०८३

केर्खामा व्युटिसियन तालिम सम्पन्न


  • कुइनेटो न्युज
  • बुधबार, असार २० २०८०

कमल । भुमि व्यवस्थापन सहकारी तथा गरिवी निवारण मन्त्रालयको आर्थिक सहयोग तथा ईनरुवा ईन्टरनेशनल पोलिटेक्निकल ईन्स्टिच्युट प्रा.लि. को आयोजना तथा कमल गाउँपालिकाको संयोजनमा सन्चालित व्युटिसियन तालिम मंगलवार एक औपचारीक कार्यक्रमका साथ सम्पन्न भएको छ ।
कमल गाउँपालिकामा रहेका महिलालाई सिप तथा क्षमता अभिविद्धी गराई आत्मनिर्भर गराउने उद्येश्यले गत जेठ २८ गते देखी तालिम सन्चालन गरिएको हो ।
१ सय ६० घण्टा सन्चालन भएको तालिमामा २२ जना महिलाहरुले व्युटिसियन सम्बन्धि तालिम लिनुभएको थियो ।
सस्थाकी अध्यक्ष पुर्णकुमारी देवानको अध्यक्षतामा भएको तालिममा सहभागी हरुलाई कार्यक्रमका प्रमुख अतिथी कमल गाउँपालिका ३ नम्वर वडा अध्यक्ष अग्निप्रसाद कोईराला, विशेष अतिथी प्याव्सन झापाका अध्यक्ष गौरीमान फागो ,प्याब्सन कमल अध्यक्ष बदीराम राई, उद्यमशिल महिला जागरण केन्द्रकी अध्यक्ष शान्ता दाहाल लगाएतले सहभागीलाई प्रमाण पत्र वितरण पछी तालिममा सिकेका कुरालाई व्यवहारमा लागु गर्दै आतमनिर्भर बन्न सुझाव दिनुभएको थियो ।
कार्यक्रम गौरा चापागाईले सन्चालन गर्नु भएको थियो भने विरेन्द्र कुमार याक्थुम्वाले शाब्दिक शब्द द्वारा स्वगत गर्नु भएको थियो ।

 

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend