logo
शुक्रबार, साउन २९ २०८३

नेकपा एमाले नम्बर ६ वडा कमिटीको पहलमा अपाङ्गता भएका तिम्सिना परिवारलाई घर हस्तान्तरण


  • उमानाथ भण्डारी
  • बिहिबार, असार १४ २०८०

कमल । नेकपा एमाले नम्बर ६ वडा कमिटीको पहलमा अपाङ्गता भएका तिम्सिना परिवारलाई घर हस्तान्तरण गरेको छ ।

शारिरिक रुपमा अपाङ्गता (बोली नआउने कान नसुन्ने) का साथै आर्थिक रुपमा समेत अत्यन्तै विपन्न तिम्सिना परिवारलाई नयाँ घर बनाएर हस्तान्तरण गरेको हो ।

       अहिलेको घर
कमल गाउँपालिका वडा नम्बर ६ त्रिबेणि चौकमा स्थाईरुपमा बस्दै आउनु भएका तिर्थ तिम्सिना तथा कमला तिम्सिनालाई नेकपा एमाले ६ नम्वर वडा कमिटीको पहलमा निर्माण गरिएको घर नेकपा एमाले प्रदेश कमिटी सदस्य बेनु सिवाकोटी, कमल गाउँपालिकाकी उपाध्यक्ष प्रमिला न्यौपाने र ६ नम्वर वडाका अध्यक्ष नरेन्द्र भट्टराईले संयुक्त रुपमा घरको चाबी हस्तान्तरण गर्नु भएको थियो ।

    पहिलेको घर

आफु सुरुमा यो घरमा आउदाको अवस्था अत्यन्तै दयनिय थियो भाटाले बारेको घर पानी पर्दा प्लाष्टिक ओड्नु पर्ने अवस्था थियो भने विरामीका कारण बनिबुतो गर्न जान सक्ने समेत अवस्था थिएन । यस्तो अवस्थामा सबैको सहयोगमा आज घर बनाएर हस्तान्तरण गर्न सफल भएकोमा सम्पुर्ण सहयोगी मनहरुलाई नेकपा एमाले प्रदेश कमिटी सदस्य बेनु सिवाकोटीले धन्यवाद दिनुभयो ।

            पहिलेको घर

तिम्सिना परिवारको घर निर्माणकालागी पाटीका सदस्यका साथै विभिन्न संघ सस्था को सहयोग यो घर निर्माण भएको हो । घर निर्माणकालागी नगद र जिन्सी गरी १ लाख ९२ हजार ६ सय रुपैयाको लागतमा धर निर्माण सम्पन्न भएको नेपपा एमाले ६ नम्वर वडा कमिटी सचिव युवराज पाठकले बताउनु भयो ।

नेकपा एमाले ६ नम्वर वडा कमिटी अध्यक्ष तुलसी बाँस्कोटाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रम वडा कमिटी उपाध्यक्ष दिपक खड्काले सन्चालन गर्नु भएको थियो ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend