logo
शुक्रबार, साउन २९ २०८३

जागृति अपाङ्ग संघको ७ औ अधिवेशन सम्पन्न


  • सन्तोस थाङ्गसुहाङ्ग
  • आइतबार, असार १० २०८०

चुलाचुली । विगत लामो समय देखि चुलाचुली गाउँपालिका मा अपाङ्गता भएका ब्यक्तिहरुको हक अधिकार सम्बन्धित पक्षलाई सुनिश्चिता को प्रत्याभूत गराउन का निम्ति निरन्तर क्रियाशील रहेको संस्था जागृति अपाङ्ग संघ चुलाचुली ले हिजो १८औ साधारण सभा तथा ७औ अधिवेशन सम्पन्न गरेको छ।
उक्त अधिवेशन बाट सर्व सहमत रूपमा चन्द्र दंगाल को नेतृत्व मा निर्वाचित १३ सदस्यीय नयाँ कार्य समितिलाई बधाई तथा शुभकामना दिने क्रममा चुलाचुली गाउँपालिका का उपाध्यक्ष एबं अपाङ्गता समन्वय समितिका अध्यक्ष दिलकुमारी लावतीले नेपालको संविधान ( २०७२ मा अपाङ्गता भएका ब्यक्तिहरुको शिक्षा,स्वास्थ्य,सामाजिक सुरक्षा, रोजगार लगायत आधारभूत कुराहरू मौलिक हककै रूपमा उल्लेख गरिएको र सरकारले फरक(फरक समयमा यस सम्बन्धी विभिन्न नीति, नियवमली,निर्देशिका र कार्यविधि ल्याए पनि अपाङ्गता भएका ब्यक्तिहरु आफ्नो हक अधिकार र सेवा सुविधा बाट विविध कारण बस् वञ्चित भइरहेकोमा दुःख व्यक्त गर्नुभयो।

अपाङ्गता भएका ब्यक्तिहरुको अधिकार सम्बन्धित ऐन २०७४ र नियमावली २०७७ ले अपाङ्गता भएका ब्यक्तिहरु प्रति स्थानीय सरकारको दायित्व र जिम्मेवारी बढाइदिएको कारण नै चालू आर्थिक वर्ष २०७९र०८० को मध्यबाट अपाङ्गता भएका ब्यक्तिहरुलाई निजहरूको हक अधिकार सुनिश्चित र प्रत्याभूत गराउन चुलाचुली गाउँ सरकारले अपाङ्गता सहायता कक्ष सञ्चालनमा ल्याएको जानकारी गराउँदै आवश्यक परेमा केही अपाङ्गता भएको व्यक्तिहरू को संरक्षक समेत बन्ने प्रतिवद्धता जनाउनुभयो। शुभकामना कै क्रममा कार्यपालिका सदस्य गंगा सुवेदीले अपाङ्गता भएका ब्यक्तिहरु लाई हेर्ने सामाजिक दृष्टिकोण परिवर्तन हुन आवश्यक रहेको औल्याउँदै सुस्त श्रावण शक्ति भएको र बहिरा तथा दृष्टि विहीनहरु को लागि चुलाचुली गाउँपालिका ले दोभाषेको व्यवस्था अविलम्ब गर्नु पर्ने सुझाव गर्नु भएको थियो।

त्यस्तै गरी युवा समाजसेवी न्युसन राईले स्थानीय सरकार बाट वडागत रूपमा आवश्यक जनशक्ति नियुक्ति गर्दा क्षमतावान अपाङ्गता भएका ब्यक्तिहरुलाई पनि सहभागी गराउने हो भने मात्र मुलुक को मूल कानुन संविधान २०७२ मा भएको व्यवस्था समता, समानता र समावेशिता ले सार्थकता पाउने र अपाङ्गता भएको व्यक्तिहरूले पनि अन्य व्यक्ति सरह समाजमा सम्मान पूर्वक जिउने आधार तय हुने उल्लेख गर्नुभयो। समिति छनौट प्रक्रियामा निक्कै लामो सकस भइरहेको अवस्थामा सर्व सहमत रूपमा नयाँ समिति निर्माण गर्न बुद्धिजीवी तथा युवा समाजसेवी तिलक फागो ले खेल्नुभएको विशेष भूमिका लाई अन्त्यमा सबैले तारिफ र प्रशंशा गरेका थिए भने समन्वय समितिका अध्यक्ष र जागृति अपाङ्ग संघ चुलाचुली का निवर्तमान अध्यक्ष विद्यानाथ पोख्रेल लगायतले अबिर र खादाले निर्वाचित सबैलाई बधाई तथा शुभकामना ज्ञापन गर्नुभएको थियो।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend