logo
शुक्रबार, साउन २९ २०८३

कनकाई नगरपालिकामा ६० किलोमिटर सडक कालोपत्रे


  • उमानाथ भण्डारी
  • शनिबार, असार ९ २०८०

कमल । झापाको कनकाई नगरपालिकामा ६० किलोमिटर भन्दा बढी सडक कालोपत्रे भएको छ ।
मुलुक लामो समय सम्म जनप्रतिनिधि विहीन अवस्थामा रहेको थियो र राज्य पुन संरचना पछि पहिलो पटक निर्वाचित जनप्रतिनिधी आउँदा नगरपालिकामा जम्मा १५ किलोमिटर मात्र सडक कालोपत्रे थियो । निर्वाचित जनप्रतिनिधीलेको दोश्रो कार्यकालको चालु आर्थिक वर्ष सम्ममा नगरपालिकामा ६० किलो मिटर भन्दा बढी सडक कालोपत्रे भएको छ ।
नगरपालिकाले चालु आर्थिक वर्षमा मात्र ४ हजार ३ सय ८७ मिटर भन्दा बढी सडक कालोपत्रे गरेको छ । जस अन्तर्गत वडा नम्वर १,२,३र४लाई जोड्ने ३ सय ११ मिटरलम्वाई रहेको पञ्चायत मार्ग, वडा नम्वर ३ मा पर्ने ४ सय ८० मिटर लम्वाई रहेको रिङ्गरोड, वडा नम्वर ५ मा रहेको १ हजार २१ मिटर लम्वाई रहेको फेचाहोली लगायत एक दर्जन सडकमा कालोपत्रे गर्ने काम सम्पन्न भएको छ । ९ किलोमिटर भन्दा बढी सडकमा पेवर्स लगाउने काम सम्पन्न भएको छ । नगरपालिकाले सडक निर्माणका साथै अन्यक्षेत्रलाई समेत उत्तिकै ध्यानमा राखेर काम गरिहेको छ । जस अन्तर्गत नगर बाट निस्किएको फोहोरलाई मोहोर बनाउनकालागी कनकाई विर्ता अर्जुन नविकरणीय उर्जाको काम अन्तिम चरणमा पुगेको र यसै आर्थिक वर्षभित्र ग्यास उत्पादन भई विक्रिवितरण गरीने नगरपालिकाले जनाएको छ ।
त्यस्तै बर्खाको समयमा बाढी बाट हुने क्षतीलाई न्युनिकरणका लागी वडा नम्वर २ स्थित कनकाई नदिमा तटबन्दको काम भैरहेको कनकाई नगरपालिकाका नगर प्रमुख राजेन्द्र कुमार पोख्रेल बताउनुहुन्छ ।

जनताका लागि सुचारु रूपमा सेवा–सुविधा उपलब्ध गराउन र राष्ट्रको आर्थिक तथा सामाजिक विकास सञ्चालन गर्न आवश्यक हुने सबै किसिमका भौतिक, मानवीय, प्राकृतिक, आर्थिक तत्वलाई ध्यानमा राखेर नगरपालिकाले पुर्वाधारका क्षेत्रमा काम गरिरहेको छ ।
पूर्वाधारको अभावमा कुनै पनि ठाउँको आर्थिक तथा सामाजिक विकास अगाडी बढ्न सक्दैन । यसरी हेर्दा विकासका लागि उपलब्ध गराइने प्रमुख आधारभूत सेवा–सुविधालाई नै ध्यानमा राखेर कनकाई नगरपालिकाले पुर्वाधारको क्षेत्रमा यति धेरे काम गरेको हो ।
नगरवासी आम जनताको भावना अनुसार काम गर्दै छौ । अधिकाँस जनताको माग भनेकै सडक विस्तार रहेको छ । त्यसलाई प्राथमिकतामा राखेर काम गर्दै र्छौ । त्यस्तै स्वस्थ्य र शिक्षा, जेष्ठ नागरकि भवन लाई समेत प्राथमिकतामा राखेर काम भै रहेको छ भने जनताका हरेक आवश्यकतालाई प्राथमिकतामा राखेर र अध्यायन गरेक भौतिक पुर्वाधारका क्षेत्र काम गरिरहेको उप मेयर आशा सिवाकोटी बताउनुहुन्छ ।
कनकाई नगरपालिकाले चालुआर्थिक वर्षमा बजेट, नीति तथा कार्यक्रममा समेटेका योजनाहरु मध्ये ९५प्रतिशत योजना सम्पन्न भएका छन् । नगरको विकासमा प्रत्यक्ष सरोकार राख्ने पुर्वाधार क्षेत्र भएकोले यसलाई प्राथमिकतामा राखेका छौ । सडक, कल्भट का साथै शैक्षिक क्षेत्रमा समेत उल्लेखनिय काम गरिरहेको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मोहन प्रसाद न्यौपाने बताउनुहुन्छ ।
शिक्षा तर्फ
कनकाई नगरपालिकालाई शैक्षिक गन्वब्य बनाउनकालागी नगरपालिकाले काम गरिरहेको छ । नगरभित्रका सामुदायीक विध्यालयको शैक्षिक गुणस्तर सुधारकालागी विध्यालयको भौतिक पुर्वाधार तर्फ नगरले धेरै काम गरेको छ । केन्द,्र प्रदेश र पालिका बाट प्राप्त बजेटले विध्यालयमा पक्कि भवन निर्माणको काम भैरहेको छ । जसअन्तर्गत वडा नम्वर ७ मा रहेको भृकुटी माध्यमिक विध्यालयमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत ४५ लाख रुपैयाको लागतमा ४ कोठे पक्कि भवन निर्माणको काम धमाधम भै रहेको छ । त्यस्तै वडा नम्वर २ स्थित जानकी आधारभुत विध्यालय को ४ कोठे पक्कि भवन निर्माणको काम हुँदै छ । वडा नम्वर ३ स्थित कनकाई बहुमुखी क्याम्पसमा पुस्तकालय स्थापना र स्मार्ट वोर्ड जडान गर्ने काम सम्पन्न भएको छ भने वाड नम्वर ३ स्थित जनचेतना आधारभुत विध्यालयमा समेत राष्ट्रपति शैक्षक सुधार कार्यक्रम बाट २ कोठे पक्की भवन निर्माणको काम हुँदै छ । यसका साथै आसिटी ल्याव,पुस्तकालय लगायतका शैक्षिक सुधारका काम समेत भै रहेको नगरपालिकाका शिक्षा शाखा प्रमुख पिताम्वर गौतमले जानकारी दिनुभयो ।
नगर भित्र बसोवास गर्ने विभिन्न जातजातिको संरक्षणमा समेत नगरपालिका लागी परेको छ । यसकालागी वडा नम्वर ९ मा तराई मधेश सम्वृद्धी कार्यक्रम अन्तर्गत कोच राजवंशी संग्रालयको भवन निर्माणको काम हुदै छ भने मुख्य सडक बाट त्याहाँ सम्म जाने सडकमा पेवर्स लगाउने काम सम्पन्न भएका छ ।
नगरपालिकाका कृषकले उत्पादन गरेको कृषी उपजलाई व्यवस्थित गरी विक्रिवितरण गर्ने उद्येश्यले वडा नम्वर ३ मा कृषी टहरा निर्माणको काम अन्तिम चरणनमा पुगेको नगरपालिकाकी प्रशासकिय अधिकृत जमुना कटुवालले जानकारी दिनुभयो ।

स्वस्थ्य तर्फ

कनकाई नगरपालिका आफ्ना जनताको स्वस्थ्य प्रति उत्तिकै चिन्तित छ । हरेक नगरवासी जनतालाई सहज रुपमा स्वस्थ्य सेवा पुर्याउनकालागी नगरपालिका को वडा नम्वर ३ मा कनकाई नगर अस्पताल सन्चालनमा ल्याएको छ । हिजो सामान्य विरामीको मात्र उपचार हुने गरेकोमा यस अस्पतालमा आज विरामीको सम्पुर्ण परिक्षण हुने गरेको छ । समय अनुसार अस्पताललाई थप व्यवस्थित र सुविधा सम्पन्न बनाउनकालागी लिप्ट सहितको नयाँ भवन निर्माणको काम धमाधम भैरहेको छ ।
नगरपालिकाले नगरका हरेक जनतालाई सहज र सरल रुपमा स्वस्थ्य सेवा प्रदान गर्न थालेपछि हिजो उपचार गर्न अन्त जाने विरामीहरु आप उपचारका लागी यस अस्पतालमा आउने गरेका छन् । अस्पतालको सेवा सहज र सरल भएपछि अस्पतालमा सेवाग्राहीको संख्या दिनप्रतिदिन बढी रहेको अस्पताल प्रसाशनले जनाएको छ ।
नगरपालिकाले पुर्वाधारका क्षेत्रमा धेरै काम गरेको छ । हरेक नागरिकले आफ्नो घर अगाडी कालोपत्रे भएमात्र विकास भएको मान्ने गर्दछन् । तर त्यही मात्र विकास होईन , जनताकालागी शिक्षा, स्वस्थ्य रोजगारी जस्ता न्युनतम् आवश्यकता पुराभए मात्र विकासको आधार भन्न सकिन्छ ।
आफ्ना घर अगाडीको सडक कालोपत्रे भयो भन्दा पनि त्यो सडकले तपाईका घरमा के लिएर आयो यो प्रमुख कुरा हो । नगरपालिकाका जनप्रतिनिधी यस प्रति सचेत छन् । त्यसैले त पुर्वाधारका साथ साथै जनताको न्युनतम आवश्यकता तर्फ ध्यान दिदै कनकाई नगरपालिकालाई देशकै उत्कृष्ट नगरपालिका बनाउनकालागी लागी परेका छन् ।

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend