logo
शुक्रबार, साउन २९ २०८३

पतंजलि योग समिति झापाले विभिन्न कार्यक्रम गरी नवौं अन्तराष्ट्रिय योग दिवश मनायो

कमलले गर्र्यो निवर्तमान अध्यक्ष र सह महामन्त्रीलाई सम्मान


  • उमानाथ भण्डारी
  • बुधबार, असार ६ २०८०

कमल । पतंजलि योगपीठ नेपाल, पतंजलि योग समिति नेपाल,महिला पतंजलि योग समिति नेपाल र युवा नेपाल समितिलेको आयोजनामा आज असार ६ गते (२१ जुन २०२३) का दिन देशै भर भव्यताका नवौं अन्तराष्ट्रिय योग दिवश मनाएको छ ।
“शान्ति र मेलमिलापका लागी योग”  भन्ने नाराका साथ मनाउन लागिएको योग दिवस पतंजलि योग समिति झापाले दमक ५ स्थित पशुपती साधना केन्द्रमा विभिन्न कार्यक्रम गरि नवौं अन्तराष्ट्रिय योग दिवश मनाएको छ । कार्यक्रमको उद्घाटन दकम नगरपालिकाका नगर प्रमुख राम थापाले गर्नु भएको थियो ।
नवौं अन्तराष्ट्रिय योग दिवशकालागी तयार पारिएको प्रोटोकल कक्षा पतंजलि योग समिति कोशी प्रदेशका प्रभारी मिस्टर प्रसाद चौधरीले सन्चालन गर्नु भएको थियो ।
कार्यक्रम पतंजलि योग समिति झापाका अध्यक्ष देवि प्रसाद घिमिरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महिला पतंजलि योग समिति झापाकी अध्यक्ष प्रेमकला निरौलाले शाब्दिक शब्द द्वरा स्वगत गर्नु भएको थियो भने दमक नगर समिति अध्यक्ष दुर्गा भण्डारीले कार्यक्रम सन्चालन गर्नु भएको थियो
त्यस्तै पतंजलि योग समिति कमलले पनि विभिन्न कार्यक्रम गरी आज नवौं अन्तराष्ट्रिय योग दिवश मनाएको छ । कमल गाउँपालिका ३ स्थित सिंहदेबी साधना केन्द्रमा भएको कार्यक्रमको उद्घाटन कमल गाउँपालिका ३ नम्वर वडा अध्यक्ष अग्नि प्रसाद कोईराला गर्नु भएको थियो ।
योग र आयुर्वेदले मानव स्वस्थमा भएका सम्पुर्ण समस्यालाई न्यनिकरण गर्छ । त्यसैले पछिल्लो समय यस प्रति विश्वभरका मानिसको आकर्षण बढीरहेको कमल गाउँपालिका ३ का वडा अध्यक्ष अग्नि प्रसाद कोईरालेले बताउनु भयो ।
आजकालागीे तयार पारिएको प्रोटोकल कक्षा पतंजलि योग समिति कोशी प्रदेशका महामन्त्री लक्ष्मि प्रसाद काफ्लेले सन्चालन गर्नु भएको थियो ।
दिवसको अवसरपारेर पतंजलि योग समिति कमलका निवर्तमान अध्यक्ष कृष्ण प्रसाद ओझा र सहमान्त्री गोपाल भट्टराईलाई सम्मान गरीएको थियो ।
कार्यक्रम पतंजलि योग समिति कमलका अध्यक्ष तिलोचन गौतमको अध्यक्षतामा भएको कार्यक्रममा समितिका उपाध्यक्ष प्रेम विमलीले शाब्दिक शब्द द्वरा स्वगत गर्नु भएको थियो भने महामन्त्री मोहनलाल खनालले कार्यक्रम सन्चालन गर्नु भएको थियो ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend