logo
शुक्रबार, साउन २९ २०८३

अर्जुनधारा नगरपालिकामा चालु आ.व.मा ३० कि.मी भन्दा बढी कालोपत्रे


  • उमानाथ भण्डारी
  • शनिबार, असार २ २०८०

कमल । झापाको अर्जुनधारा नगरपालिकामा चालुआर्थिक वर्षमा ३० किलोमिटर भन्दा बढी सडक कालोपत्रे गरेको छ ।
भौतिक पुर्वाधारका क्षेत्रमा नगरपािलकाले उल्लेखनिय कामहरु मध्ये प्रदेश र संघिय सरकार बाट प्राप्त बजेट बाट यति धेरै सडक कालोपत्रे गरेको हो ।
दोश्रो कार्यकालकालागी जनप्रतिनिधी निर्वाचित भएर आएपछि भौतिक पुर्वाधारका क्षेत्रमा यति धेरै कामहरु भएका हुन । दोश्रो कार्यकालकालागी निर्वाचित जनप्रतिनिधीले अघिल्लो स्थानिय सरकारले सुरु गरेका योजनालाई पुर्णता दिदै चालु आर्थिक वर्षमा ३० किलोमिटर भन्दा बढी सडक कालोपत्रे गरेको नगरपालिकाले जनाएको छ ।
कालेपत्रे सडक अन्तरगत नगरपालिकाको वडा नम्वर १ स्थित ललित बुढाथोकीको घर देखी २ नम्वर वडाको सिमाना सम्म जाने सडक केहिदिन अगाडी मात्रै नगर प्रमुख बलदेवसिंह गोम्देन तामाङ्ग आफै लागेर कालोपत्रे गर्ने काम सम्पन्न गराउनु भएको हो ।
नगर द्वारा सन्चालन भएका हरेक योजना गुणस्तर हुनुपर्छ भन्ने मान्यता अनुसार नगर प्रमुख हरेक योजनामा पुगेर आफै उपस्थित भएर मापदण्ड अनुसार काम गराउने गरेको स्थानिय बताउछन् ।
निर्वाचित भएको १ वर्ष पुरा हुदै गर्दा नगर भित्र विद्युत नपुगेको ठाउमा विद्युत विस्तार भएको छ भने नागरिकलाई संचार संग जोड्नकालागी नेपाल टेलिकम संगको सहकार्यमा ५ वटा एनटिसीका टावर विस्तार गरेको छ । रुपैया पैसाले शान पाईन्छ तर मान पाईदैन भन्ने कुरालाई ध्यानमा राखेर हरेक योजनामा नगर प्रमुख आफु स्वयमं उपस्थिती भएर काम गराउने गरेको नगरप्रमुख बलदेवसिंह गोम्देन तामाङ्ग बताउनुहुन्छ ।
त्यसैगरी नगरपालिकाको ११ नम्वर वडा स्थित विर्तामोड बसपार्क भित्रका शाखा सडकमा ईन्टरलक (पेवर्स) लगाउने काम सम्पन्न भएको छ भने शनिश्चरे चारआली सडक खण्ड अन्तर्गत कालि खोलामा कल्भट निर्माण, मिलडाँडा, शान्तिमार्ग सडक कालोपत्रे गर्ने काम सम्पन्न भएको ११ नम्वर वडा सदस्य तथा पुर्वाधरा विभागका संयोजक पुर्ण बहादर राईले बताउनु भयो ।
नगरपालिकाले पर्यटन प्रवर्धनका क्षेत्रमा समेत काम गरिरहेको छ । वडा नम्वर १ मा रहेको हलुवागड सिमसार क्षेत्रको प्रबद्र्धनका निम्ति स्थानिय,प्रदेश र संघिय सरकारको सहयोगमा धेरै काम भएको नगरपालिकाले जनाएको छ ।नगरपालिकाले भौतिक पुर्वाधारका क्षेत्रमा धेरै काम गरेको छ । तर जनताका आवश्यकता धेरै छन् । हरेक नागरिकका घरमा कालोपत्रे पुग्नु मात्र विकास होईन, त्यो कोलोपत्रे सडकहुदै जनताको आँगनमा पुग्दा त्यो सडकले नागरीकको घरमा के विकास लिएर आयो त्यो महत्वपुर्ण कुरा हो त्यसैले भौतिक पुर्वाधारका साथै शिक्षा, स्वस्थ्य , खानेपानी रोजगारी लगायतका क्षेत्रमा समेत जनप्रतिनिधीले ध्यान दिन आवश्यक छ ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend