logo
शुक्रबार, साउन २९ २०८३

‘सिमाना’ मा करण र नितुको जोडी


  • कुइनेटो न्युज
  • शुक्रबार, असार १ २०८०

काठमाडौँ — ‘द भ्वाइस अफ नेपाल सिजन ४’ का विजेता करण राईको स्वर र लिला सेलिङ माबोको शब्दमा ‘सिमाना’ बोलको नयाँ गीत सार्वजनिक भएको छ ।

देवेश राईको संगीत तथा एरेन्ज रहेको गीतको भिडियोमा ‘भ्वाइस अफ नेपाल’ बाटै चर्चामा आएकी गायिका नितु पुनको अभिनय छ । नितु र करणको स्टेज जोडीलाई गायन प्रतियोगिताको मञ्चमा निकै रुचाइएको थियो ।

शान थापा निर्देशित म्युजिक भिडियोलाई बुद्ध थापाले खिचेका हुन् । अर्जुन तिवारी भने डीओपी (डाइरेक्टर अफ फोटोग्राफी) को जिम्मा सम्हालेका छन् । सुप्रिम पराजुलीले सम्पादन गरेको गीतको भिडियोमा दुई प्रेमिल जोडीको प्रेम र विछोडको कथा समेटिएको छ ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend