logo
शुक्रबार, साउन २९ २०८३

बिर्तामोड २ स्थित निदि माध्यमिक बिद्यालयमा मतदान मार्फत बिद्यालयको नेतृत्व चयन


  • कुइनेटो न्युज
  • बिहिबार, जेष्ठ ३२ २०८०

झापा । बिर्तामोड २ स्थित निदि माध्यमिक बिद्यालयमा  मतदान मार्फत बिद्यालयको नेतृत्व चयन गरिएको छ ।
मतदान प्रक्रियामा सहभागी हुन ३९ जनाले  उम्मेद्बारी दिएका थिए ।  कुल मतदाता ३ सय ९६ मध्ये २७ मत बदर भएको निर्वाचन आयोगले जनाएको छ ।
जसबाट स्कूल क्याप्टेनमा प्रसान्त राजबंशी र भाईस क्याप्टेनमा स्वस्तिका शर्मा निर्वाचित भएका छन् ।
यस्तै स्कूल सदन क्याप्टेन निलो  तप्रियान्शु ढकालर्फ स्मारिका कुईकेल , हरियो तर्फ बिजय थापा र पुजा गौतम, पहेलो तर्फ समीक्षा बोहरा र दीक्षा शाह,रातो तर्फ रिगन खरेल र अभियान थापा सदन क्याप्टेन तथा भाईस क्याप्टेन निर्वाचित भएका फोकल पर्सन एंव  निर्वाचन अधिकृत नवीन आचार्यले जानकारी दिनु भयो  ।
बालबालिकाले प्रशासनिक तथा प्रक्रियाका कुरा ब्यबहारिक रुपमा सिक्न सकुन भन्ने उदेश्यले निर्वाचन मार्फत नेतृत्व चयन गराईएको   प्रमुख निर्वाचन आयुक्त सरद घिमिरेले  जानकारी दिनुभयो  ।
बालबालिकाको सिकाईसहजिकरण तथा नेतृत्व बिकासमा सहयोग पुग्ने साथै विधि  प्रक्रियाका विषयमा जानकारी लिन मद्दत पुग्ने भएकाले निर्वाचन गराईएको प्रधानाध्यापक भीष्म प्रसाईले बताउनु भयो ।
 निर्वाचन अधिकृत एवं फोकल पर्सन आचार्यले
नेतृत्व बिकास अन्तरगत निर्वाचन प्रक्रियाका बिषयमा जानकारी दिन सो कार्यक्रम गरिएको बताउनु भयो ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend