logo
शुक्रबार, साउन २९ २०८३

कोशी प्रदेश सरकारको नीति कार्यक्रम स्वीकृत, बुधबार प्रदेश सभामा प्रस्तुत गरिँदै


  • कुइनेटो न्युज
  • बुधबार, जेष्ठ ३१ २०८०

कमल / कोशी प्रदेश सभामा बुधबार प्रस्तुत गरिने आर्थिक बर्ष २०८०/०८१ को बार्षिक नीति तथा कार्यक्रम कोशी प्रदेश सरकारले स्वीकृत गरेको छ ।
मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा मंगलबार बसेको कोशी प्रदेश सरकारको मन्त्रीपरिषद बैठकले वार्षिक नीति तथा कार्यक्रमलाई छलफलका लागि स्वीकृति गर्ने निर्णय गरेको हो ।
वार्षिक नीति तथा कार्यक्रम कोशी प्रदेश सभाको चालु अधिवेशनमा आज बुधबार एक बजे सम्बोधन गरी प्रस्तुत गर्न प्रदेश प्रमुखलाई अनुरोध गर्ने निर्णय गरेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend