logo
शुक्रबार, साउन २९ २०८३

कमल गाउँपालिकामा विपद् जोखिम न्युनिकरण तथा व्यावस्थापन सम्बन्धि अन्तरक्रिया


  • उमानाथ भण्डारी
  • बिहिबार, जेष्ठ २५ २०८०

कमल । झापाको कमल गाउँपालिकामा आज विपद् जोखिम न्युनिकरण तथा व्यावस्थापन सम्बन्धि अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल रेडक्रस सोसाईटी झापा जिल्ला शाखाको आयोजना तथा कमल गाउँपालिलीकाको सहयोग र समन्वयमा गाउँपालिकाको सभाहलमा सम्पन्न भएको हो ।
कार्यक्रममा विपद् व्यवस्थापनका क्षेत्रमा भएगरेका कार्यक्रमहरु र कानुनी प्रावधान,स्थानिय विपद् व्यवस्थापन समितिको काम कर्तव्य अधिकारका विषयमा छलफल भएको थियो ।


कार्यक्रममा विपद् जोखिम न्युनिकरण तथा व्यावस्थापन ऐन २०७४,ऐनका विशेषताहरु,स्थानिय तहमा विपद् जोखिम न्युनिकरण तथा व्यावस्थापन सम्बन्धि नितिगत व्यवस्थापन, समुदायमा आधारित विपद् जोखिम न्युनिकरण लगायतका विषयमा नेपाल रेडक्रस सोसाईटी झापा जिल्ला शाखाका सभापति लोकराज ढकाल र कार्यलय प्रमुख हरिशरण खड्काले सहजकिरण गर्नु भएको थियो ।
जिल्ला विपद् व्यवस्थापन समितिले स्थानिय पालिका संगको समन्वयमा सविधानमा व्यवस्था भएअनुसार विपद् व्यवस्थापनका न्युनतम मापदण्ड पुरागर्न लागि परिहेका छौ. । कुनैपनि विपद्का घटना घटेमा त्यसमा फसेका मानिसलाई कसरी उद्धार गर्न सकिन्छ भन्ने विषयमामा झापाका १५ वटै पालिकाका जनप्रतिनिधी सगको सहकार्य र समन्वयमा छलफल तथा अन्तरक्रिया भै रहेको नेपाल रेडक्रस सोसाईटी झापा जिल्ला शाखाका सभापति लोकराज ढकालले बताउनु भयो ।
झापाका १५ वटा पालिका मध्ये ९ वटा पालिकामा विपद् जोखिम न्युनिकरण तथा व्यावस्थापन सम्बन्धि अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भै सकेको छ भने हल्दिवारी ,बुद्धशान्ति भद्रपुर ,विर्तामोड अर्जुनधारा र कनकाई नगरपालिकामा जिल्ला विपद् पुर्वतायरी योजना अपडेट तथा स्थानियतहको भुमिकामा निर्दिष्ट गरिएको नीति नियमका विषयमा अन्तरक्रियात्मक कार्यक्रम क्रमस सन्चालन गरिने जानईएको छ।
कमल गाउँपालिकाका अध्यक्ष तथा विपद् व्यवस्थापन समितिका संयोजक हुकुमसिंह राईको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष प्रमिला न्यौपाने ,प्रमुख प्रसाशकिय अधिकृत राजकुमार शाक्य, वडा अध्यक्ष, कार्यपालिका सदस्य, जनप्रतिनिधी,शाखा प्रमुख ,शिक्षक ,सुरक्षाकर्मी लगायतको उपस्थिती रहेको थियो ।

 

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend