logo
शुक्रबार, साउन २९ २०८३

सामुदायिक विध्यालय व्यवस्थापन समिति महासङ्घ कमलको प्रथम अधिवेशन सम्पन्न


  • उमानाथ भण्डारी
  • सोमबार, जेष्ठ २२ २०८०

कमल । झापाको कमल गाउँपालिका स्तरिय सामुदायिक विध्यालय व्यवस्थापन समिति महासङ्घको आईवार प्रथम अधिवेशन सम्पन्न भएको छ ।
“हामी सुधार्छौ हाम्रो विध्यालय,बलियो बनाउछौं सार्वजनिक शिक्षा ” भन्ने नाराका सामुदायिक विध्यालय व्यवस्थापन समिति महासङ्घ कोशी प्रदेश कमिटीको आयोजनामा अधिवेशन सम्पन्न भएको हो ।


महासङ्घ गठन भएकोमा आफु अत्यन्तै हर्षित छु । महासङ्घले गाउँपालिकाको शैक्षिक गुणस्तर सुधारमा पहल गर्ने छ । गाउँपालिकाले पनि शिक्षालाई प्रथमिकतामा राखेर काम गरिरहेको छ । भौतिक विकासलाई प्रयोग गर्न नागरिकमा नैतिक शिक्षा अनिवार्य हुन्छ त्यसैले शैक्षिक उन्नयनकोलागी गाउँपालिका लागीपर्ने कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले बताउनु भयो ।
राज्यले शिक्षा क्षेत्रमा गरेको लगानी अनुसार उपलब्धि भएको छैन । सामुदायिक विध्यालयको शिक्षाको सुधारमा व्यवस्थान समिती र शिक्षकको महत्वपुर्ण भुमिका हुने भएकोले सबै मिलेर लाग्नुपर्ने बेला आएको सामुदायिक विध्यालय व्यवस्थापन समिति महासङ्घ कोशी प्रदेशका अध्यक्ष सागर केसीले बताउनु भयो ।
गाउँपालिकाको शैक्षिक गुणस्तर सुधारमा महासङ्घलाग्ने छ । सामुदायिक विध्यालयको शैक्षिक सुधारकालागी विध्यालयको भौतिक र शैक्षिक दुबै महत्वपुर्ण पाटो भएकोले यसको सुधारमा आफु र आफ्नो टिम लाग्ने नव निर्वाचित अध्यक्ष पवन राईले बताउनु भयो ।
कार्यक्रमममा कमल गाउँपालिका उपाध्यक्ष प्रमिला न्यौपाने तिवारी, महासङ्घ कनकाई अध्यक्ष तथा केन्द्रिय सदस्य चन्द्र प्रसाद प्रसाई, महासङ्घ कोशी प्रदेशका सचिव हरी कार्की, प्रदेश कमिटी सदस्य ओम पाठक, शिक्षक महासङ्घ कमलका अध्यक्ष हिम प्रसाद दाहाल लगायतले मन्तव्य राख्नु भएको थियो ।
                                                                                महासङ्घ अध्यक्षमा ः राई

नवनिर्वाचित अध्यक्ष पवन राई

कमल । निर्वाचित झापाको कमल गाउँपालिका स्तरिय सामुदायिक विध्यालय व्यवस्थापन समिति महासङ्घको आईवार सम्पन्न प्रथम अधिवेशनले अध्यक्षमा पवन राईलाई सर्व सम्मत चयन गरेको छ ।
त्यसैगरी समितिको उपाध्यक्षमा तिलक वहादुर खड्का, सचिव दोलख बहादुर रायमाझी, सह सचिव सुजिता गुराँगाई, कोषध्यक्ष निर्मला राई समेत सर्वसम्मत चयन हुनुभएको हो ।
त्यस्तै सदस्यमा लेखनाथ खतिवडा, भोजकुमार घिमिरे, डिल्लिराम अधिकारी, रामकृष्ण भट्टराई, भीमराज राई, गंगा वहादुर लिम्बु, शोभा तिम्सिना, राम बहादुर भण्डारी , उर्मिला न्यौपाने र लक्ष्मी सम्वाहाम्फे चयन हुनुभएको नव निर्वाचित अध्यक्ष राईले जानकारी दिनुभयो ।

 

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend