logo
शुक्रबार, साउन २९ २०८३

 जेठ १७ गतेको राशीफल


  • कुइनेटो न्युज
  • बुधबार, जेष्ठ १७ २०८०

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
पढाइ लेखाइमा एक कदम अगाडि बढि नतिजा हात पार्न सकिनेछ । प्रयत्न गर्दा दिगो फाइदा हुने काम हातलागी हुनेछ। चुनौती चिर्दै काम बनाउन सकिनेछ। शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
अर्कालाई विश्वास गर्न नसक्दा मन मुटाव सिर्जना हुनेछ । नराम्रा तथा अप्रिर्य समाचारमा मन खिन्न हुनेछ । साझबाट समय राम्रो रहेकोले दाजुभाईको सहयोगले राम्रा काम गर्न सकिनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
बिद्यामा सफलता पाउन निकैनै संघर्ष गर्नुपर्ला । प्रतिस्पर्धी निस्तेज हुनेछन्। आफ्नो प्रभाव बढ्नेछ। राजनीति, सामाजिक, आर्थिक क्षेत्र सामान्य रहेपनि शिक्षाको क्षेत्र धेरै राम्रो छ। मानसम्मान पाउने योग रहेको छ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
धार्मिक क्षेत्रमा मन जानेछ। भगवान रामको सम्झना गरेर सुरु गरेको काममा सफलता मिल्नेछ। मानसम्मान बढ्नेछ। रोग बढ्ने भएकाले सचेत हुनुपर्नेछ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
राजनीति, सामाजिक, धार्मिक क्षेत्र यथावत रहेपनि वैदेशिक क्षेत्रमा गरेको श्रम लगानीले राम्रो प्रतिफल मिल्नेछ। आम्दानी पनि बढ्ने दिन रहेको छ। पठनपाठनमा भने आलश्य बढ्नेछ। सामाजिक क्षेत्रमा मानसम्मान पाउने योग रहेको छ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
बिभिन्न अवसर आएपनि ति अवसरको सहि तरिकाले सदुपयोग गर्न नसक्दा समयले तपार्ईँलाई पछाडि छोड्नेछ । पठनपाठनमा रुची बढ्नेछ। प्रेममा सफलता मिल्नेछ। आत्मबल बढ्नेछ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्निबिच मायाको गाठो कसिलो भएर जानेछ । शिक्षाको क्षेत्रमा गरेको श्रम लगानीले राम्रो नतिजा मिल्नेछ। धार्मिक क्षेत्रमा मन जानेछ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
मित्रताको बन्धन कसिलो भएर जानेछ । पैत्रिक धन तथा सम्पति परिचालन गरि आम्दानीका बाटाहरु फराकिला बनाउँन सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जाने योग रहेकोछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
मन प्रशन्न रहनेछ । माया प्रेम तथा पति पत्नि बिचको सम्बन्धको गाठो कसिलो भएर जानेछ । बिद्या तथा प्रतिश्पर्धामा अरुलाई पछाडि पारिनेछ । साथिभाई तथा आफन्तबाट उत्साहजनक सहयोग प्राप्त हुनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
अरुको काममा समय बित्ने तथा अरुको काम गर्न खोज्दा आफ्नो काम थाति रहनेछ । साझपख समय राम्रो रहेकोले पढाइमा राम्रो प्रगति गर्न सकिनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
पढाइ लेखाइमा मन नजाने हुँदा नतिजा अरुकै पोल्टोमा पर्नेछ । नयाँ योजना बनाउँन सकिने भएपनि सरकारी स्तरबाट सहयोग नपाईदा लागु गर्न सकिने अवस्था रहनेछैन ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
अरुलाई सजिलै प्रभावमा पारेर कामहरु लिन सकिनेछ । राजनीति गर्नेहरुले सर्वसाधारणको मत पाउँने हुँदा सामाजिक पद पाउँने ग्रहयोग रहेकोछ । प्रेममा रमाउन चाहनेहरुले एक अर्कालाई बिश्वास गर्दै अगाडि बढ्ने समय रहेकोछ ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend