कमल ÷ कमल गाउँपालिकाले कुष्ठरोगीको खोजी कार्य सूरु गरेको छ ।
गाउँपालिकाले कुष्ठरागी भएको सम्भावित समुदायमा घर – घर पुगेर तालिम प्राप्त स्वास्थ्यकर्मीको टोलि कुष्ठरोग को खोजपड्ताल कार्यक्रम (शिबिर) को सूरगरेको हो ।
कुष्ठरोग खोजपड्ताल कार्यक्रममा प्रत्येक दिन बिहान ०८ बजे देखि स्वास्थ्यकर्मी घर– घर मा गई खोज जाँच पड्ताल गरीरहनु भएको स्वस्थ्य शाखा प्रमुख ईन्द्र अर्यालले जानकारी दिनुभयो ।
गाउँपालिका बाट खटिएका तालिम प्राप्त १० जना स्वास्थ्यकर्मीको टोलिले आगामी जेठ १२ गते सम्म गाउँपालिकाका हरेक टोल टोलमा पुगेर कुष्ठरोगीको खोजी गर्ने प्रमुख अर्यालले जानकारी दिनुभयो ।
कुष्ठरोग खोपज कार्यकालागीे नेपाल कुष्ठरोग संगती,झापा, NLF, Australian Aid, The Leprosy Mission बाट समन्वय भएको स्वस्थ्य शाखाले जनाएको छ ।