logo
शुक्रबार, साउन २९ २०८३

कमल गाउँपालिकाले सुरु गर्यो सामुदायिक कुकुरको बन्ध्याकरण शिविर


  • कुइनेटो न्युज
  • शुक्रबार, जेष्ठ ५ २०८०

कमल । भापाको कमल गाउँपालिकाले सामुदायिक कुकुरलाई निःशुल्क बन्ध्याकरण र रेविज विरुद्धको खोप लगाउन अभियान सुरु गरेको छ ।
गाउँपालिका भित्र रहेका सामुदायिक कुकुरकका कारण धेरै समस्या उत्पन्न भएपछि त्यसको न्युनिकरणकालागी नेपाल एग्री लाईभष्टक ट्रेनिङ्ग एण्ड रिसर्च सेन्टर ,ईटहरीको प्रविधिक सहयोगमा शिविर सन्चालन गरी बन्ध्याकरण र रेविज विरुद्धको खोप लगाउने कार्यक्रम सुरुगरिएकोे हो ।


सामुदायिक कुकुरले गाउँमा कृषकमा बाख्रा, कुखुरा, पाडा बाछा खाने, साईकल तथा मोटर साईकललाई लखेट्ने र सवारी दुर्घटना गराउने ,

मान्छे टोक्ने लगायका समस्या आएपछि त्यसको न्युनिकरणकालागी गाउँपालिकाले आफ्नै खर्चमा सामुदायिक कुकुरको बन्ध्याकरण र निःशुल्क खोप अभियान सन्चालन गरेको कमल गाउँपालिका ३ नम्वर वा अध्यक्ष अग्निप्रसाद कोईरालाले जानकारी दिनुभयो ।

गाउँपालिकाले गतवर्ष वडा ५ नम्वर वडामा रहेका सामुदायिक कुकुर लाई बन्ध्याकरण र रेविज विरुद्धको खोप लगाएको थियो भने यो पटक ३र६नम्वर वडाका चारसय ५० वटा कुकुरलाई बन्ध्याकरण र रेविज विरुद्धको खोप लगाउने कार्यक्रम रहेको अध्यक्ष कोईरालाले बताउनु भयो ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend