कमल । एनएमबि बैंक लिमिटेडले सस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत कमल नगर अस्पतालमा विरामी कुरुवाकालागी प्रतिक्षालय निर्माणकालागी नगद सहयोग गरेको छ ।
बैकले प्रतिक्षालय निर्माणकालागी एक लाख ८० हजार रुपैयाको चेक कोशीप्रदेश प्रमुख सन्तोष कुमार बुढाथोकी केर्खा शाखाका प्रमुख चित्र बहादुर न्यौपानेले संयुक्त रुपमा कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राई लाई हस्तारण गर्नु भएकोे हो ।
कार्यक्रममा कमल गाउँ पालिकाका स्वस्थ्य शाखा प्रमुख ईन्द्र अर्याल, कमलनगर अस्पतालका अस्पताल मेडिकल डाइरेक्टर डाक्टर पुलकचन्द्र लावती, अस्पतालका प्रमुख टिकाराज बर्देवा का साथै ,स्वास्थकर्मी र बैकका केर्खा शाखाका कर्मचारी लगाएतको उपस्थिती रहेको थियो ।
बैंक दिफिनान्सियल टाईम्स, लण्डनको “द ब्यान्कर” पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी “बैंक अफदिइयर एसिया २०२१” उपाधीबाट सम्मानितभएको बैंक हो ।एनएमबिबैंकले २०१७, २०१८, २०२० र २०२१ का लागि पनि उक्तपत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंककोउपाधी बैंक अफदिइयर नेपाल प्राप्तगरिसकेको छ ।
एनएमबिबैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र १२ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।