कमल । सामुदायीक विध्यालयको शैक्षिक गुणस्तर सुधार उन्मुख भएपनि विध्यालयको शैक्षिक तथा भौतिक सुधार गर्न अझधेरै बाँकि रहेको छ ।
पछिल्लो समय सामुदायीक विध्यालयको शैक्षिक सुधारकालागी स्थानियतहका जनप्रतिनिधी लागेपनि कतिपय विध्यालयमा प्रर्याप्त कक्षाकोठा र दरबन्दि अनुसार शिक्षक नभएकाले पनि विध्यालयको शैक्षिक गुणस्तर सुधारहुन सकेको छैन ।
विकासको पहिलो आधार भनेकै शिक्षा हो । जबसम्म शिक्षाको विकास हुँदैन तब सम्म विकास सम्भव छैन भनेर नै नगरपालिको शिक्षालाई प्रथमिकतामा राखेर शिक्षा सम्बन्धि विभिन्न कार्यक्रम गरिरहेको हो ।
गौरादह नगरपालिकामा हाल ३२ वटा सामुदायिक र २६ वटा सस्थागत विध्यालय रहेका छन् । समुदायिक तर्फ माध्यमिक १० वटा, आधारभुत ४ वटा र प्राथमिक १८ वटा विध्यालय सन्चालनमा रहेका छन् ।
नगरभित्र सन्चालनमा रहेका सामुदायिक विध्यालयको भौतिक तथा शैक्षिक सुधारकालागी नगरपालिकाले गत फागुन ३० गते बाट कानुन बनाए लागुगरी सकेको छ । भने शैक्षिक सुधारकालागी शिक्षकलाई पाठ्यक्रममा आधारीत विभिन्न तालिम समेत प्रदान गरेको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाको वडा नम्वर ८ स्थित श्री प्रगति माध्यमिक विध्यालयमा कक्षा १२ सम्म पढाईहुने गर्दछ । भौतिक पुर्वाधारका हिसावले अत्यन्तै सवल रहेको यस विध्यालयमा नेपाली र अंग्रेजी दुबै भाषामा पढाई हुने गर्दछ ।
प्रविधिमैत्री शिक्षाकालागी आईसिटी ल्याव सन्चालनमा रहेको छ । विध्यार्थिलाई अध्यानमा सहयोगकालागी पुस्तकालय समेत सन्चालनमा रहेको छ । तर पनि सामुदायीक विध्यालमा अभिभावकको चासो कम भएकाले विध्यालयको बारेमा थप जानकारी दिनुहुदै विध्यालयका प्रधानाध्यापक डिल्लिराम अधिकारी
हाम्रो टोली नगरपालिकाको वडा नम्वर ७ मा रहेको श्री आधारभुत विध्यालमा पुग्दा सबै शिक्षक शिक्षिका कक्षा कोठामा व्यस्त हुनुहुन्थ्यो । कक्षा ५ सम्म पढाईहुने यस विध्यालयमा हामीले विध्यालयका प्रधाना ध्यापक संग कुराकनी गर्न केहिबेर प्रतिक्षा गर्नु पर्यो ।
केहिवेरको प्रतिक्षा पछि वहाँ हामिलाई भेट्न आउनु भयो । हामि संगको कुराकानीका क्रममा विध्यालयमा दरबन्दि अनुसार शिक्षक कम भएको, कक्षा कोठा अभाव भएर नर्सरी र कक्षा १ लाई एउटै कक्षा कोठामा राखेर पढाउनु पर्ने बाध्यता रहेकोले दरबन्दि अनुसारको शिक्षक र विध्यालयको भौतिक सुधार तर्फ नगरपालिकाले ध्यानदिनुपर्ने प्रधानाध्यापक कमला देवी कार्की बताउनुहुन्छ ।
गत फागुन ३० गते बाट नगरमा रहेका सामुदायीक विध्यालयको शैक्षिक सुधारकालागी कानुन बनाएरै हामी लागी परेका छौ । शिक्षकलाई पाठ्यक्रममा आधारीत विभिन्न तालिम दिएका छौ भने कक्षा १ देखी ८ सम्म स्थानिय पाठ्यक्रम लगाउने तयारी गरिरहेका छौ त्यस्तै समग्र नगरको शैक्षिक गुणस्तर सुधारमा हामी सबै मिलेर अगाडी बढी रहेको नगरपालिकाका शिक्षा,युवा तथा खेलकुद शाखा प्रमुख टेकनाथ रेग्मीले बताउनु भयो ।
गौरादह नगरपालिका भित्र रहेका विध्यालयको शैक्षिक गुणस्तर सुधारकालागी हामिलागी परेका छौ । हामीलाई जानकारी प्राप्त भएसम्म विध्यालयको भौतिक पुर्वाधारमा समेत नगरपालिकाले सहयोग गरेको छ । कतिपय विध्यालले आफ्नो समस्याका बारेमा नगरमा जानकारी नगराएका कारण साना मसिना समस्या भएका हुन सक्छन् त्यसलाई हामी छिट्टै पुरा गर्ने नगरप्रमुख छत्रपती सुवेदीले बताउनु भयो ।
अग्रेजी मोहका कारण सामुदायीक विध्यालयमा विध्यार्थिको संख्या घट्नु सबैले स्विकार गरेकै विषय हो । तर पछिल्लो समय सामुदायीक विध्यालयले अग्रेजी माध्यम बाट पढाई सुरुगरेपछी सामुदायीक विध्यालतर्फ विध्यार्थिको आकर्षण ह्वात्तै बढेको छ । तर अग्रेजी विषय नै सबै समाधानको उपाय भने पटक्कै होईन । विध्यालयमा शिक्षण सिकाईलाई प्रभावकारी बनाउन विविध उपाय अवलम्वन गर्न आवश्यक छ । विध्यार्थिलाई उपयुक्त ज्ञान, सिप र धारणा दिनु पर्दछ तब मात्र अभिभावकको सामुदायीक विध्यालयलाई प्रति हेर्ने दृष्टिकोणमा परिबर्तन आउने छ ।