कमल । एक कार्यक्रमका सहभागीहरले निष्पक्ष र स्वतन्त्र पत्रकारीतामा जोड दिनुपर्ने बताउनु भएको छ ।
विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा आज नेपाल पत्रकार महासंघ झापा शाखाले दमकमा आयोजना गरेको अभिव्यक्ति स्वतन्त्रता तथा सुचनाको हक विषयक अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रमका सहभागीहरले यस्तो बताउनु भएको हो ।
“अधिकारको आगामी बाटो अभिव्यक्ति स्वतन्त्रता सबै अधिकारहरुको बाहक” भन्ने नाराका साथ देशैभरी विभिन्न कार्यक्रम गरी विश्व प्रेस स्वतन्त्रता दिवस मनाईएको छ ।
पत्रकारले अभिव्यक्ति स्वतन्त्रता तथा सुचनाको हक प्रयोय गर्दैगर्दा तथ्यमा आधारित समाचार लेख्नुपर्ने पर्छ । अभिव्यक्ति स्वतन्त्रताको नाममा तथ्यहिन समाचार लेखेमा त्यसले समाजमा नकारात्मक असर पुग्ने भएकोले यसप्रति पत्रकार सधै सचेतहुनुपर्ने गौरादह नगरपालिकामा नगर प्रमुख छत्रपती सुवेदीले बताउनु भयो ।
अहिले सम्म संचारक्षेत्रलाई समेटेर कुनै पनि ऐन बन्न सकेको छैन । जसका करण संचार क्षेत्र धारासायी बन्दै गईरहेको छ । सन्चारक्षेत्रमा संघियाताको अनुभुती अहिले सम्म हुन सकेको छैन । स्थानिय तहले आफ्ना सुचना फेसबुक पेजमा र भित्तामा टाँस्ने गर्दछन् । जसका कारण संचार सस्थाहरु धारासायी बन्दै गएकाछन् । फेसबुक र भित्ता टाँस्ने सुचनाहरु स्थानिय तहले संचार निती बनाएर स्थानिय संचार सस्थालाई उपलब्ध गराएमा संचार सस्थालाई अगाडी बड्न सहयोग पुग्ने नेपाल पत्रकार महासंघ झापा शाखाका अध्यक्ष एकराज गीरीले बताउनु भयो
कार्यक्रममा अभिव्यक्ति स्वतन्त्रताका विषयमा मानव अधिकारकर्मी डाक्टर रुपक खनाल, विश्व प्रेस स्वतन्त्रता दिवसको सन्दर्भमा महासंघको केन्द्रिय सदस्य अम्मर खड्का र मल्टिमिडिीयको बारेमा गणेशमान मुखीयाले कार्यपत्र पस्तुत गर्नुभएको थियो ।
त्यसैगरी महासंघका प्रदेश कोषाध्यक्ष विमल लामीछाने , दमक नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत डम्वरु बल्लव निरौला , प्रेस चौतारीका प्रदेश कोषध्यक्ष गोपाल झापाली, अग्रज पत्रकार गोविन्दचन्द क्षेत्री, प्रेस युनियन झापा अध्यक्ष रेजीना गौतम , प्रेसमन्चका केन्द्रिय सदस्य कमान देवान लगायतले अभिव्यक्ति स्वतन्त्रता तथा सुचनाको हकका विषयमा आफ्नो भनाई राख्नुभएको थियो ।
सोहि कार्यक्रममा नेपाल पत्रकार महासंघ झापा शाखाले सन्चालन गरेका गतिविधीलाई समेटेर प्रकाशन गरेको २०८० सालको क्यालेण्डर विमोचन समेत गरेको थियो ।

कार्यक्रम नेपाल पत्रकार महासंघ झापाका सहसचिव अर्जुन राजवंशीले सन्चालन गर्नु भएको थियोभने उपाध्यक्ष केशव भट्टराईले शाब्दिक शाब्द द्वारा स्वगत मन्तव्य राख्नु भएको थियो ।