logo
शुक्रबार, साउन २९ २०८३

केर्खामा गुडीया निर्माण तालिम सम्पन्न


  • उमानाथ भण्डारी
  • मंगलबार, बैशाख १९ २०८०

कमल । गुडीया निर्माण सम्बन्धि तिन दिने तालिम सम्पन्न भएको छ ।
झापाको कमल गाउँपालिका ३ केर्खामा मुख्य कार्यालय रहेको उद्यमशील महिला जागरण केन्द्रको आयोजना तथा डिप्रोक्स लघुवित्त वित्तीय सस्था केर्खा शाखाको आर्थिक सहयोगमा सन्चालीत तिनदिने गुडीया निर्माण सम्बन्धी तालिम सोमवार सम्पन्न भएको छ ।
सस्थामा आवद्ध सदस्यलाई सिप सिकाई आत्मनिर्भर बनाउने उद्येश्यले आयोजना गरिएको तालिममा कमल गाउँपालिका र शिवसताक्षी नगरपालिकाका २२ जना महिला सहभागी रहनु भएको थियो । सहभागीलाई प्रशिक्षक द्वय सरस्वती श्रेष्ठ र मुना अधिकारीले सहजीकरण गर्नु भएको थियो ।
तालिममा सिकेको सिपलाई लगनशिलताका साथ जिवनमा प्रयोग गर्न सकेमा तालिम लिएको उपलब्धि हुने छ । तालिम अवधी छोटो हुदैमा केहि फरक पर्दैन । सहभागीको ईच्छाशक्तिले धेरै प्रभाव पार्छ । तिन दिनमा जति सिक्नु भएको छ त्यसलाई जिवनमा प्रयोग गर्नुभयो भने आगामी दिनमा सस्थाले थप तालिमको व्यवस्था मिलाउने डिप्रोक्स लघुवित्त वित्तीय सस्था प्रदेश कार्यालयका अनुगमन अधिकृत सुर्य बहादुर विष्टले बताउनु भयो ।
तालिमले तपाईहरुको जिवनमा सिक्ने उत्प्रेरणा जगाएको छ । सिकेका सिपलाई अब व्यवहारमा लागु गर्नुहोस् । कमल गाउँपालिकाले तालिममा धेरै बजेट खर्च गरिसकेको छ , तर उपलब्धी शुन्य छ । आगामी दिनमा तालिम भन्दा पनि उद्योगी बन्नुहोस त्यसकालागी आवश्यक सहयोग गर्न आफु तयार भएको कमल गाउँपालिका ३ नम्वर वडा अध्यक्ष अग्नि प्रसाद कोईरालाले बताउनु भयो ।
उद्यमशील महिला जागरण केन्द्रकी अध्यक्ष शान्ता उप्रेती दाहालको अध्यक्षतामा भएको कार्यक्रममा सहभागीका तर्फ बाट पुजा फुएल, अनुशा ल्वागुनले तालिमा आफुले लिएको अनुभव सहित मन्तव्य राख्नु भएको थियो
कार्यक्रम केन्द्रकी सल्लाकार केदार कुमारी अधिकारीले सन्चालन गर्नु भएको थियो भने कोषाध्यक्ष बबीता वाग्लेले शाब्दिक शब्द द्वारा स्वगत मन्तव्य राख्नु भएको थियो ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend