logo
शुक्रबार, साउन २९ २०८३

शिवसताक्षीको झिलझिलेमा बैशाख ३० गते वृहत साकेला उभौली साँस्कृतिक कार्यक्रम हुने


  • कुइनेटो न्युज
  • आइतबार, बैशाख १७ २०८०

कमल । झापाको शिवसताक्षीको झिलझिलेमा बैशाख ३० गते वृहत साकेला उभौली साँस्कृतिक कार्यक्रम हुने
हुनेभएको छ ।

किरात राई यायोक्खा शिवसताक्षी नगर ईकाई झापाले आज नगरपालिका ११ स्थित किरात राई यायोक्खाको सभाहलमा पत्रकार सम्मेलन गरी सो कुरा जानकारी गराएको हो ।
नगरपालिका ११ स्थित किरात राई यायोक्खा साकेला माङखिमको मैदानमा बृहत सँस्कृतिक कार्यक्रम सहित साकेला उभौली पर्व मनाउने आयोजकले जनाएको छ ।
नगरसमितिले पहिलो पटक ऐतिहासिक बहुसँस्कृतीक चाडपर्वका रुपमा मनाउन लागेको छ । यो पर्व किरात जातिहरुको महत्वपुर्ण पर्वका रुपमा लिने गरिन्छ । कार्यक्रममा सस्कार संस्कती सम्बन्धि विभिन्न सास्कृतक झाँकी सहितको कार्यक्रम हुने छ । सम्पन्न गर्नकालागी ५ लाख ५० हजार रुपैया अनुमानित खर्चहुने भएको मा नगरपालिकाको तर्फ बाट ३ लाख रुपैया उपलब्ध गराउने भएको छ भने बाँकी रकम साथी भाई ईष्टमित्र र शुभचिन्तक बाट प्राप्तहुने कार्यक्रम संयोजक मिलन राईले जानकारी दिनुभयो ।
कार्यक्रममा मिलन नेवार, नुमा राई, जिवन राई सुमन कार्की लगायतका राष्ट्रिय तथा स्थानिय कलाकारको प्रस्तुती समेत रहने आयोजक समितीका सदस्य जदम राईले जानकारी दिनुभयो ।
किरात राई यायोक्खा शिवसताक्षी नगर सभापती पर्शुराम राईको अध्यक्षतामा भएको कार्यक्रममा समितीका सदस्य तथा प्रेस संयोजक पवन राईले सन्चालन गर्नुृ भएको थियो ।

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend