logo
शुक्रबार, साउन २९ २०८३

झापामा जारी प्रदेश स्तरीय महिला गोल्डकप फुटबलको दोस्रो सेमिफाइनल खेल आज हुँदै


  • तिलक योञ्जन
  • बिहिबार, बैशाख १४ २०८०

बिर्तामोड । झापामा जारी प्रदेश स्तरीय महिला गोल्डकप फुटबलको दोस्रो सेमिफाइनल खेल आज हुँदै छ ।

बिर्तामोड–१० सैनिकबजारस्थित महेन्द्र ज्योति माविको मैदानमा हुने खेलमा नमोबुद्ध युवा क्लब सप्तरी र गाईघाट फुटबल क्बल उदयपुरबिच प्रतिस्पर्धा हुँदै छ ।

आजको खेलको विजेताले उपाधिकालागि १६ गते आयोजक ‘अल इन वान’ क्लब बिर्तामोडसंग प्रतिस्पर्धा गर्ने छ । आयोजकले कम्तिमा १ लाख १ हजार पुरस्कार सुरक्षीत गरेको छ ।

यसअघि बुधबार भएको पहिलो सेमिफाइनलमा मिक्लाजुङ गाउँपालिका मोरङलाई ५–१ गोल अन्तरले पराजित गर्दै आयोजक फाइनलमा प्रवेश गरिसकेको छ ।

आज हुने नमोबुद्ध युवा क्लब सप्तरी र गाईघाट फुटबल क्बल उदयपुरबिचको खेल निक्कै प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ । दुवै टोलि फाइनलमा प्रवेश गर्ने लक्ष्यका मैदान उत्रने तयारीमा छन् ।

नमोबुद्ध सप्तरीले क्वाटरफाइनलमा ताप्लेजुङ महिला फुटबाल क्लबलाई ५–३ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।

गाईघाट फुटबल क्बल उदयपुरले धनकुटा फुटबल संघलाई १–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनल प्रवेग गरेका हो ।

बिर्तामोडको ‘अल इन वान’ क्लबको आयोजनामा भईरहेको प्रतियोगिताको विजेताले नगद २ लाख २ हजार र उपविजेताले १ लाख १ हजार रुपैंयाँ पुरस्कार पाउने छ ।

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend