logo
शुक्रबार, साउन २९ २०८३

कमल ३ द्वारा युवालाई खेलकुद सामाग्री वितरण


  • कुइनेटो न्युज
  • बिहिबार, बैशाख १४ २०८०

कमल । झापाको कमल गाउँपालिका ३ नम्वर वडा कार्यलयले युवालाई खेलकुद सामाग्री वितरण गरेको छ ।
वडामा रहेका युवालाई खेलकुदको माध्यम बाट अगाडी वडाउने उद्येश्यले विनियोज गरिएको वडाको सिलिङ्ग बजेट बाट खेलकुदका सामाग्री वितरण गरिएको हो ।
वडा बाट वितरण गरिएका सामाग्री अन्तर्गत फुटवल, फुटवल नेट,जर्सी,भलिवल,भलिवल नेट,क्रिकेट व्याट, क्रिकेट बल, स्टाम्प्स क्रिकेट ग्लोस्स लगायका सामाग्री प्रदानगरीएको हो ।
वडाको चालु आर्थिक वर्ष २०७९।८० को वडा स्तरिय कार्यक्रम अन्तर्गत युवालाई खेलकुद सामाग्री वितरण र खेलकुद गतिविधी सन्चालन शिर्षकमा विनियोजन भएको २ लाख रुपैया मध्ये बाट १ लाख ५० हजार रुपैया बराबरको खेलकुदका सामाग्री प्रदान गरिएको र बाँकि ५० हजार रुपैयाले केहि समय पछि खेलकुदका गतिविधी सन्चालन गरिने वडा अध्यक्ष अग्निप्रसाद कोईरालाले बताउनु भयो ।

ि

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend